×

NIC ASIA

प्रेमीलाई नियन्त्रणमा लिएर ५ जनाले गरे प्रेमिकाको बलात्कार

भदौ १८, २०७९

Prabhu Bank
NTC
Premier Steels

मोरङमा प्रेमीलाई नियन्त्रणमा लिएर प्रेमिकाको सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । विराटनगर १४ जतुवास्थित नहरमा १८ वर्षीया एक किशोरीलाई पाँच जना युवाले सामूहिक बलात्कार गरेका हुन् । 

Muktinath Bank

साथीको बर्थ डे मनाएर घर फर्किरहेकी किशोरी बिहीवार राति सामूहिक बलात्कारको शिकार बनेकी हुन् । बर्थ डे पार्टी सकिएपछि उनलाई आफ्नै प्रेमीले मोटरसाइकलमा घर पुर्‍याउन लगेका थिए । घर पुग्नुअघि विराटनगर १४ जतुवास्थित नहरमा मोटरसाइकल रोकेर गफिरहेका उनीहरूलाई  पाँच जना युवाहरूले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार मादक पदार्थ सेवन गरेका युवाहरूले शुरूमा उनका प्रेमीलाई नियन्त्रणमा लिएका थिए । २ जना युवाहरूले प्रेमीलाई नियन्त्रणमा लिएपछि बाँकी ३ जनालाई किशोरीलाई पालैपालो बलात्कार गरेका थिए । उनका प्रेमी युवाहरूको नियन्त्रणबाट फुत्कन सफल भई चिच्याउन थालेपछि स्थानीयवासी जम्मा भएका थिए । स्थानीय जम्मा हुन थालेपछि युवाहरू घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

घटनामा संलग्न भएको आरोपमा प्रहरील एक जनालाई नियन्त्रणमा लिएको छ भने अन्य ४ जना फरार रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले विराटनगर–४ इकराहीका २९ वर्षीय सन्तोष मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । 

Vianet communication

यस्तै, मोरङको जहदा गाउँपालिका ७ मा बिहीवार राति १० बजे ३७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । प्रहरीले जहदा ७ का २८ वर्षीय सन्जय सोरेन र २५ वर्षीय राहुल साहलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

पक्राउ परेका दुवै जनाविरुद्ध मोरङ अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x