०६ साउन २०८३, बुधबार

वर्तमान व्यवस्थाको विकल्प छैन : प्रदेश प्रमुख शर्मा

वर्तमान व्यवस्थाको विकल्प छैन : प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले वर्तमान राजनीतिक व्यवस्थाको विकल्प नभएको बताएका छन् । बागमती प्रदेश सचिवालयले आयोजना गरेको बिदाइ एवं शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान व्यवस्थाको विकल्प नभएकाले सबै मिलेर यसलाई राम्रो र बलियो बनाउनुपर्ने बताए ।

प्रदेश प्रमुख शर्माले सङ्घीयताविरोधी कुराको कुनै औचित्य नरहेकाले उक्त कुरामा रुमलिन नहुने जनाए । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले केन्द्र र स्थानीय सरकारको अभ्यास पुरानो भए पनि प्रदेश सरकारको अभ्यास नयाँ भएको र यसले नै सङ्घीयता कार्यान्वयन गर्ने बताए । उनले मन्त्रालय विस्तार गर्दा विषयगत कार्य गर्न सहज भएको र देखिने काम सुरु भएको बताए ।  

कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले काम गरेन वा प्रदेश सरकार काम छैन भनेर निर्वाचनमा जान नैतिकताले नदिने बताए । उनले विविध कारणले लक्ष्यअनुरुप कार्य नभएको भए पनि उल्लेख्य कार्य गर्न प्रदेश सरकार सफल भएको धन्यवादसमेत दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्