×

NMB BANK
NIC ASIA

महोत्सवले तात्यो माहोल

असोज ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 दशैँको पूर्वसन्ध्यामा काभ्रेपलाञ्चोकका दुई स्थानमा महोत्सवको आयोजना गरिएको छ । जिल्लाको मुख्य व्यापारिक सहर बनेपा र कृषि सहर पाँचखालमा महोत्सव सुरु गरिएको हो ।

Muktinath Bank

काभ्रे उद्योग वाणिज्य सङ्घले नेपालीको महान् पर्व दशैँका अवसरमा बनेपामा आयोजना गरेको पाँचौँ काभ्रे महोत्सवमा परम्परागत कला–संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि, पर्यटन प्रवद्र्धन गरिने जनाएको छ । ‘व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि’ भन्ने नाराका साथ आयोजित महोत्सवको बागमती प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले सोमबार उद्घाटन गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही असोज १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सामग्री, कृषि, घरेलु, उद्योग, विभिन्न प्रकारका लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्री सहुलियत मूल्यमा बिक्रीका लागि राखिएको सङ्घका महासचिव रवीन्द्र बैदारले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

यस्तै महोत्सवमा मनोरञ्जनका लागि बालउद्यान, रोटेपिङ, ड्रागन, नाउ, मिनी बञ्जीजम्प, वाटर बल्ब, मिकी माउस, टेम्पोलिङ्ग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक हाँस्यव्यङ्ग्य तथा गीत–नृत्यको प्रस्तुति हुनेछ । एक सयभन्दा धेरै स्टल राखिएको महोत्सव अवधिभर ५० हजारले अवलोकन गर्ने तथा रु ५० लाख कारोबार हुने अपेक्षा गरिएको आयोजनाले जनाएको छ ।

Vianet communication
Laxmi Bank

त्यस्तै पाँचखाल युनाइटेड फुटबल एशोसिएशन (पुफा)ले ‘कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला’ भन्ने मूल नाराका साथ पाँचखालमा आयोजना गरिएको तेस्रो महोत्सवमा स्थानीय दनुवार समुदायको भाषा र संस्कृति झकल्ने स्टल, परम्परागत कला–संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धनार्थ क्रियाकलाप गरिने जनाइएको छ । 

यही असोज १६ गतेसम्म सञ्चालन हुने पाँचखाल महोत्सवमा फुटबल प्रतियोगिता, अग्र्यानिक कृषि प्रदर्शनी, स्थानीय खानाका परिकार, संस्कृति र पर्यटन प्रवद्र्धनका स्टल, बाल मनोरञ्जनात्मक गतिविधि, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x