०३ साउन २०८३, आइतबार

रूपन्देहीको देवदहमा १० शैयाको नगर अस्पताल

रूपन्देहीको देवदहमा १० शैयाको नगर अस्पताल

रूपन्देहीको देवदहमा १० शैयाको नगर अस्पताल सञ्चालनमा आएको छ । देवदहको खैरनीमा रहेको साविक स्वास्थ्य चौकीलाई पूर्वाधार थपेर अस्पताल बनाइएको हो । अस्पतालको सोमवार नगरप्रमुख धुब्र खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रूपमा उद्घाटन गरे । 

अस्पतालमा थप ५ शैया थप गरी १५ शैयाको पुर्‍याउने नगरप्रमुख खरेलले बताए । अस्पतालबाट विशेषज्ञ सेवा थप हुँदै जानेछन् । नगर अस्पतालको नयाँ भवन भने निर्माणाधीन छ । 

नगरवासीलाई आधारभूत स्वास्थ्य उपचार सहजरुपमा उपलब्ध गराउन ५ वर्षभित्र सबै नगरबासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको खरेलले बताए । देवदह नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाका १६ पालिकामध्ये तेस्रो स्थानमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्