
मंगलवार अमेरिकन डलरको विनिमय दरले फेरि नयाँ कीर्तिमानी कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, यस दिन डलरको खरिद दर प्रति डलर १३०.३० रुपैयाँ र प्रति डलर बिक्री दर १३०.९० रुपैयाँ कायम भएको छ ।
जुन हालसम्मकै सबैभन्दा धेरै हो ।
यसअघि सोमवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२९.२९ रुपैयाँ र बिक्री दर १२९.८० रुपैयाँ रहेको थियो ।
आइतवार पनि अमेरिकन डलरको विनिमय दर सोही नै थियो ।
यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२५.७४ रुपैयाँ र बिक्री दर १२६.३२ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर