×

NTC

टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुँदा उपचारमा समस्या

असोज ११, २०७९

IME BANK INNEWS
Sarbottam
Premier Steels
Marvel

दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको  टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ ।

yONNEX
Sagarmatha Cement

५१ शय्याको अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । मौसमको परिवर्तनसँगै अस्पतालमा सेवा विस्तार भएपछि बिरामीको संख्यामा वृद्धि भएको हो ।


Advertisment
RMC TANSEN
shivam ISLAND

‘हामीसँग अस्पतालमा ५१ शय्या मात्रै छन् । बिरामीको चापलाई अहिलेको शय्या संख्याले थेग्न सक्ने अवस्था छैन,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले भने, ‘प्रदेश सरकारसँग १०१ शय्याको अस्पताल बनाउनको लागि प्रस्ताव पेश गरेका छौं । त्यसको कार्यान्वयन छिटो हुन सकेन भने अस्पतालको सेवा नै प्रभावित हुनसक्ने देखिएको छ ।’


Advertisment
Kumari
MAW JCB

उनले कञ्चनपुरदेखि सुर्खेतसम्मका बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका छन् । अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएपछि निजी अस्पतालभन्दा सस्तोमा उपचार हुने भएपछि अस्पतालमा टाढाका बिरामी पनि अस्पताल पुग्ने गरेको अध्यक्ष सोडारी बताउँछन् ।

Vianet communication
Laxmi Bank

ल्याप्रोसकोपी सेवा, फिजिसियन, स्त्रीरोग सेवा, बालरोग विषेशज्ञ सेवा, हाडजोर्नी विशेषज्ञ सेवा लगायतका सेवा अस्पतालमा भएपछि टीकापुर बाहिर नेपालगञ्ज, धनगढीसम्म उपचारका लागि पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । टीकापुरमै उपचार पाइन थालेपछि चर्को एम्बुलेन्स खर्च, त्यहाँको बसाइँ खर्च बचेको अस्पतालमा उपचारका लागि आएका सेवाग्राही विक्रम चौधरी बताउँछन् ।

प्रदेशको शहरी विकास कार्यक्रम अन्तर्गत अस्पतालले व्यवस्थित पार्किङको व्यवस्थापन गरेको छ । अस्पतालको बाहिर सडकमा सवारी पार्किङले दुर्घटनाको जोखिम बढाएको बताउँदै पार्किङस्थल निर्माण भएपछि अस्तव्यस्त सवारीसाधन देखिन छाडेको अध्यक्ष सोडारीले बताए ।

उनले भने, ‘पहिलेको भन्दा अस्पताललाई व्यवस्थापन गर्दै लगेका छौं ।’

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १५, २०८०

​तनहुँमा दैनिक डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेंगु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन ।​​ मङ्गलवार मात्रै एक सय ८२ जना नयाँ डेंगु सङ्क्रमित थपिएक...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x