२९ असार २०८३, सोमबार

एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका, पाइन्छ यति धेरै छुट

एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका, पाइन्छ यति धेरै छुट

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ ।

यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ । 

एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १०% वा रु ३०० सम्म क्यासब्याक पाउन सकिनेछ । 

बैंकका अनुसार एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २०% वा रु. ५०० सम्मको क्यासब्याक पाउन सकिनेछ ।

एनएमबि बैंकको ग्राहकहरुले ईएनएमबी एपबाट एनटिसी/एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाऊनु हुनेछ । त्यस्को साथसाथै, ईएनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा ने.रु. २०० सम्मको क्यासब्याक पाउन सकिने छ ।

salt training

कमेन्ट गर्नुहोस्