०८ साउन २०८३, शुक्रबार

हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच बिहीवार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुबिधा प्रदान गर्ने भएको छ ।

यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्