×

NMB BANK
NIC ASIA

सडकका कारण स्थानीय र यात्रुलाई अझ बढी सास्ती

असोज १४, २०७९

NTC
Premier Steels

भोजपुरका ग्रामीण भेगका कच्ची सडक हिलाम्य हुँदा दशैँ मान्न आउने मानिससँगै स्थानीयवासीलाई सास्ती भएको छ । चाडबाड मान्नका लागि भित्रिने मानिसको चाप बढे पनि गाउँ–गाउँसम्म पुग्न भने समस्या भएको हो । सडकका कारण स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत समस्या छ । 

Muktinath Bank

वर्षातका कारण यहाँका अधिकांश स्थानीय तहको सदरमुकामसम्मको यातायात सेवा बन्द छ । खास गरेर दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिकामा सदरमुकामसम्मको यातायात सेवा सञ्चालनमा समस्या भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकासँगको यातायात सञ्चालनमा पनि समस्या छ । सडक हिलाम्य भएपछि स्थानीय कृषकले उत्पादन गरेका कृषिउपजसँगै खाद्यान्न ढुवानीमा समस्या छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय नागरिकको माग छ । स्थानीय तहले बिग्रिएको ठाउँमा मात्र मर्मत गरिदिए मात्रै पनि यातायात सञ्चालनमा सहजता हुने स्थानीय बताउँछन् । 


Advertisment
Nabil box
Kumari

सडक हिलाम्य भएर यातायात सञ्चालनमा समस्या भएपछि दशैं मान्न देश–विदेशबाट आएकालाई गन्तव्यसम्म पुग्न नै समस्या छ । सुत्केरी तथा गर्भवती  महिला, आकस्मिक बिरामी तथा प्राकृतिक प्रकोपका कारण कुनै पनि विपत् आएमा भने निकै ठूलो समस्या हुने स्थानीयको भनाइ छ । 

Vianet communication

कतिपय ठाउँमा सडक ग्राभेल गरिएको भए पनि उचित ढलको व्यवस्था नहुँदा त्यस्ता स्थानमा पनि समस्या भएको छ । गाउँपालिकामा विभिन्न कामका लागि मानिसको आवतजावत बढे पनि सडक सञ्चालनमा भने समस्या छ ।
 
भोजपुर सदरमुकामबाट कोट हुँदै खोटाङको सिमाना पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द भएको छ । दलगाउँ, ओख्रे, भुल्के, कोट, गोगने, लेखर्कलगायतका स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् । दशैंका लागि आवतजावत गर्न कठिनाइ भएको छ । स्थानीय कृषक गणेशप्रसाद राईले भने, ‘यो पटक हिले दसैँ हुने भयो, सबै सडक हिलाम्य छन्, बजारसम्म जान आउन समस्या छ, स्थानीय तहले केही सडक मर्मत गरे पनि निरन्तरको वर्षातले बाटो बिग्रिएको छ ।’

दैनिक उपभोग्य वस्तु ढुवानीका लागि कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका व्यापारी सन्तोष विष्टले जानकारी दिए । विभिन्न ठाउँमा पहिरो गएको छ भने कतिपय सडकमा ठूलाठूला खाल्डा परेका उनले बताए । उनले भने, ‘यसले गर्दा अहिले हाम्रो ठाउँमा सडकका कारण समस्या परेको छ, आकस्मिक बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई अत्यन्तै समस्या छ ।’

पूर्वी क्षेत्रबाट भोजपुर–लेगुवा ६६ किलोमिटर सडक र पश्चिमी क्षेत्र जाने भोजपुर–चखेवा ४२ किलोमिटर सडकमा मात्र नियमितरुपमा यातायात सञ्चालनमा रहेको छ । यो सडक पनि करिब पाँच वर्ष अगाडि मात्र कालोपत्र सम्पन्न भएपछि स्थानीयलाई राहत मिलेको हो । 

पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाकाको बोखिम, शिद्धेश्वर र गुप्तेश्वर तथा टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोङटाङ, अन्नपूर्णलगायत ठाउँलाई छोएर यो सडक विस्तार भएको छ । एक दिनसम्मको पैदल यात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेको यस क्षेत्रका मानिस सडकको सुविधा भएपछि आफ्नो क्षेत्रमा उत्पादन भएका कृषिउपज बिक्री गरेर घर फर्कन पाएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x