×

NMB BANK
NIC ASIA

झलारी बजारका ४० घर उच्च जोखिममा

असोज १४, २०७९

NTC
Premier Steels

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेका घरहरू सनवोरा नदीको उच्च जोखिममा परेका छन् । नदी गहिरो भएर बग्न थालेपछि बजार क्षेत्रका ४० भन्दा बढी घरहरू जोखिमा परेका हुन् । घरहरू धस्न थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । 

Muktinath Bank

तीन दशकदेखि झलारी बजारमा बस्दै आएका सुरेन्द्र पाल्पालीले रु ३० लाख खर्च गरी निर्माण गरिएको घर धस्न थालेपछि तनावमा रहेको बताए । ‘घर निर्माण गरेको धेरै वर्ष भयो’, उनले भने, ‘यसअघि केही भएको थिएन, असोज पहिलो साता आएको नदीको बाढीले गहिरो गल्छी बनाएर बग्न थालेपछि घर धसेको छ, बस्नका लागि जोखिम छ, सामान्य पानी परे पनि घर ढल्ने अवस्थमा पुगेको छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्पत्तिका नाममा एउटा मात्रै घर रहेको उल्लेख गर्दै उनले घर नै ढलेपछि परिवार कहाँ लगेर राख्ने भन्ने पीरलो रहेको बताए । पाल्पालीले झलारी बजारमा रहेको घरमा सिलाई पसल सञ्चालन गर्दै आएका छन् । यस व्यवसायबाटै उनको परिवारको गुजारा चल्दै आएको छ । ‘नदी नियन्त्रणका लागि एक दशकअघि देखि विभिन्न सरकारी र गैरसरकारी निकाय गुहार्दै आएका हौँ’, प्रेम सिंह कठायतले भने, ‘कुनै पनि निकायबाट बजार क्षेत्र जोगाउनका लागि प्रयास हुन सकेको छैन ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार बजार क्षेत्रमा एकदेखि तीनतले सम्मका घरहरू नदी छेउमै बनेका छन् । नदी छेउमा बनेका सबै घरहरू जोखिममा रहेका छन् । पूर्व पश्चिम राजमार्गको नदीको पुलदेखि उत्तरतर्फका पाँच सय मिटरको दायरामा रहेका घरहरूमध्ये केही घरहरू धसेको र जमिन फाटेर चिरा परेको छ । सामान्य पानी परे पनि चिरा परेको ठाउँमा पहिरो गई घरहरू भत्कने खतरा रहेको छ । 

Vianet communication

नदीको पुरानो बहाव क्षेत्र थोरै मात्र गहिरो रहेको थियो । हाल नदी दुई फिट गहिरो भएर बग्न थालेको छ ।  

नगरप्रमुख रणबहादुर महरा नदी नियन्त्रणका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको बताए । ‘बजार क्षेत्रमा रहेका घरहरू धस्न थालेको खबर पाएपछि त्यस क्षेत्रको अनुगमन गरेका छौँ’, उनले भने, ‘घर धसेका र जमिनमा चिरा परेको छ, बजार क्षेत्र जोगाउनका लागि प्रयासरत छौँ ।’

नगरपालिकाका इन्जिनियर दीपक धामीले नदी किनाराबाट २० मिटर टाढा घरहरू निर्माण गर्नुपर्ने नियम रहे पनि झलारी बजार क्षेत्रका घरहरू नियमविपरीत निर्माण गरिएको अवस्थामा रहेको बताए । ‘नदीको किनारामै घरहरू निर्माण गरिएपछि धस्नु स्वाभाविक नै हो’, उनले भने, ‘माटो भरान गरेर बनाइएका घरहरू धस्नबाट बचाउन तटबन्ध निर्माण गरेर सकिँदैन ।’ जमिनमा चिरा परेको ठाउँमा पानी पस्न नदिएपछि मात्रै घरहरूलाई जोगाउन सकिने उनले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x