×

NMB BANK
NIC ASIA

खसी बोकाको माग घट्दै, व्यापारी चिन्तित

असोज १५, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगर सहितका किसानलाई चाडपर्वको समयमा पनि खसी–बोकाको सोचे अनुसारको व्यापार नहँुदा चिन्ता छ । 

Muktinath Bank

धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिएका मानबहादुरले भने, ‘पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बली दिन छाड्दा यसको माग पनि घट्न थाल्यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहाडी क्षेत्रको चुरे गाउँपालिका वासिन्दाको मुख्य पेशा नै बाख्रापालन रहेको छ । यो क्षेत्र बाख्रापालनका लागि पकेट क्षेत्रका रूपमा रहेको छ । यसबाहेक चुरेका किसानको अर्को आयस्रोतका रूपमा फलफूल, अदुवा र बेसारको खेती पनि छ ।


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘पहिलेको भन्दा महंगी बढेको भएर पनि अपेक्षा गरे अनुसारको बिक्री हुन नसक्ने समस्या देखिएको हुनसक्छ ।’ उनी सहितको समूहले ३ दिनदेखि धनगढीका चोक र गल्लीमा पुगेर खसी बोकाको घुम्ती व्यापार गरिरहेको छ ।

Vianet communication

अर्का किसान दानबहादुर बुढाले दशैंको समयमा चुरे गाउँपालिकामा पालिएका खसी बोका बिक्रीका लागि काठमाडौं र पोखरासम्म पुर्‍याउने गरिएको बताए । उनले भने, ‘यहाँका खसी बोकाको बिक्रीबाट मुनाफा बढी लिने सोचले जिल्ला बाहिर लग्ने गरिए पनि सोचे अनुसारको फाइदा लिन सकिएको छैन ।’

चुरे गाउँपालिकाका कतिपय किसान परिवारले एउटै खोरबाट कम्तीमा पनि ३५/४० वटा बाख्रा पाल्ने गरेका छन् ।

व्यापारी लोकबहादुर बोहराले पनि बलि दिने परम्परामा कमी आउँदा खसीबोकाको स्थानीय क्षेत्रमा माग पहिलेको जस्तो नभएको अनुभव सुनाए । ‘स्थानीय क्षेत्रमा जिउँदो खसी मुस्किलले प्रति किलो ५५० मा खरिद बिक्री भइरहेको छ,’ बोहराले भने, ‘पहिलेको भन्दा माग निकै घट्दा समस्या भइरहेको छ ।’

यहाँका खसीबोका पोखरा काठमाडौं पुर्‍याएर बेच्दा प्रतिकिलो ७०० देखि ८०० सम्ममा बिक्री हुने गरेको व्यापारीले बताएका छन् । बाख्रापालन व्यवसायका लागि सरकारबाट सहयोग नपुगेको गुनासो कृषकको छ । उनीहरूले भने, ‘सरकारले बाख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ तर पकेट क्षेत्रमा गर्नुपर्ने सहयोग किसानलाई उपलब्ध गराउँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x