×

NMB BANK
NIC ASIA

गाउँपालिकाले गरायो ३ हजार ७०० ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलान्चोकको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ३ हजार ७०० ज्येष्ठ नागरिकको बीमा गर्न अभियान सञ्चालन गरेको छ । 

Muktinath Bank

निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको १२ वडामा अभिकर्तासमेत परिचालन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडामा एक अभिकर्ता परिचालन गरी कार्यक्रम शुरु गरेको हो । हाल जनगणना, २०७८ को प्रारम्भिक तथ्यांकमा सूचीकृत भएका गाउँपालिकाको ३ हजार ७०० ज्येष्ठ नागरिकलाई कार्यक्रममा समेटिने जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छौँ, सबै वडाका ३ हजार ७०० को बीमा गर्ने योजना बनाएका हौँ’, गाउँपालिकाका प्रमुख दिनेश लामाले भने । लामाका अनुसार गाउँपालिकाको ६० वर्षमाथि उमेर समूहका वृद्धवृद्धाको निःशुल्क बीमा गर्न थालिएको हो । लामाले भने, ‘चुनावमा गरिएको प्रतिबद्धताअनुसार नै वृद्धवृद्धाको निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेका हौँ ।’


Advertisment
Nabil box
Kumari

बीमा कार्यक्रमअन्तर्गत एक ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्दा परिवारका चार जनाको बीमा हुने अभिकर्ता चेतबहादुर लामाले जानकारी दिए । उनका अनुसार घरघरमै पुगेर गाउँपालिकाको अभिकर्ताले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्नेछन् । 

Vianet communication
Laxmi Bank

ज्येष्ठ नागरिकको बीमा गर्दा १८ हजार ५०० स्थानीयवासीको बीमा हुने जनाइएको छ । स्वास्थ्य बीमा गर्दा स्वास्थ्य उपचारमा पर्ने आर्थिक भारलाई न्यूनीकरण गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत आकस्मिक सेवा, बहिरङ, अन्तरङ, एचआइभी, हेपटाइटिस, कुष्ठरोग, क्यान्सरलगायत स्वास्थ्य क्षेत्रमा पर्ने असर र त्यसको आर्थिक भार न्यूनीकरण गर्न स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । 

रोशी गाउँपालिकमा ६ हजार ३९ परिवारमा २३ हजार ५५१ जना रहेका छन् । निःशुल्क बीमा कार्यक्रमले ज्येष्ठ नागरिकसहित गाउँपालिकाको कूल जनसंख्याको ७८ दशमलव ५५ प्रतिशतलाई समेट्नेछ । यसअघि गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिने निर्णय गरी प्रदान गर्दै आएको छ ।

बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले गम्भीर प्रकृतिअन्तर्गत मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका मिर्गौला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड पक्षघातका प्रत्येक बिरामीलाई मासिक रु ५ हजार उपलब्ध गराउन थालेको हो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x