×

NMB BANK
NIC ASIA

दशैंले सिर्जना गरेकाे व्यस्तता : दुर्गा मूर्ति बनाउन र पण्डाल सजाउन भ्याइनभ्याइ

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दसैँमा दुर्गा पूजाको रौनक जताततै छ । विभिन्न स्थानमा ठूलाठूला पण्डाल सजाइएका छन् । घटस्थापनाको दिनदेखि नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गरिँदैछ । पण्डालमा भगवती दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरूपहरु राखिएका छन् ।     
     
केही वर्ष पहिलासम्म सहरबजारमा मात्र देखिने दूर्गामूर्तिका पण्डालहरू अहिले गाउँरदेहातसम्म छ्यापछ्याप्ती सजाइएका छन् । दसैँको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन जताततै बढेको छ । मूर्ति बनाउने र पण्डालमा लगेर सजाउनेसम्मको काम मूर्तिकार आफैँले गर्छन् ।   
     
घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा उनको आँखाबाट पट्टी खोल्ने काम हुन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ । त्यसपछि दशमीको दिन दुर्गा भवानीको मूर्तिलाई नजिकैको नदीमा लगेर विसर्जन गरिन्छ ।     
     
हिन्दू धर्मावलम्बीले आफ्नो परिवारसँग बसेर भव्यरूपमा मनाइने दसैँका बेला मूर्तिकारहरु पण्डालहरुको शोभा बढाउनेतर्फ जुटेका छन । अर्डरअनुसारको मूर्ति बनाएर त्यसमा रङ भरेर पण्डालमा लगेर ‘फिटिङ’ गरिदिनेसम्मको काम उनीहरूले गर्छन् । धेरैजसोले ती सबै काम आफ्नै ठाउँमा गरी बिक्री गर्छन् ।     
     
मूर्तिहरु खासगरेर जेठ महिना वा त्यस अगावैबाट दुर्गापूजाका लागि बुकिङ सुरू हुन्छ । असार साउनदेखि मूर्ति बनाउनका लागि बिस्तारै कच्चापदार्थ जस्तै माटो, बाँस, पराल, गहना, कपडा, अस्त्रशस्त्र लगायतका सजावटी सामानको किनमेल शुरू हुन्छ । त्यपछि मूर्तिलाई आकार दिने, रङरोगन र सजाउने काम हुन्छ ।     
     
कोटहीमाई गाउँपालिका–३ मर्यादपुर, रुपन्देही बस्ने मूर्तिकार रामकेवल भर भन्छन्, “मलाई यस वर्ष दश थान दूर्गामूर्तिका लागि कन्फर्म अर्डर मिलेको थियो । उहाँहरू ठूला मूर्ति किन्ने, पण्डाल सजाउने र पूजा गर्ने सोख राख्नुहुन्छ । त्यही भएर पहिलै अर्डर गर्नुहुन्छ । बाँकी मूर्तिहरू दसैँका बेला नै बुकिङ र बिक्री हुने गर्दछन् ।”     
     
विगत २५ वर्षदेखि मर्चवारको मर्यादपुरमा माटाका मूर्ति बनाउनु हुने रामकेवल भरले दसैँमा दुर्गा भगवती र तिहारमा लक्ष्मीका मूर्ति बनाउँदै आइरहेका छन । पहिला केही स्थानमा मात्रै सीमित पूजा अहिले धेरै स्थानमा फैलिएको उहाँको भनाइ छ । दुर्गामूर्ति मात्रै बिक्री गरेर कम्तीमा डेढ लाख रूपैयाँ कमाउने गरेको उनी बताउँछन् ।     
     
“दसैँका बेला नवरात्रभर दुर्गा भगवतीको नौ रूपमा पूजा हुन्छ । पण्डालमा भने दुर्गाको महिषासुर मर्दिनी स्वरूपको पूजा हुन्छ । हातमा त्रिशूल, शङ्ख, चक्र र गदा समाउँदै गरेकी देवी दुर्गाको चरणमा महिषासुर रहेको हुन्छ । देवीको वाहन सिंहका साथै सरस्वती, लक्ष्मी, गणेश र कार्तिकेयको मूर्ति पनि पण्डालमा लगाइएका हुन्छन्”, उनले भने ।     
     
भारत कोलकातामा चार वर्ष लगाएर मूर्ति बनाउने काम सिकेका रामकेवलले मूर्ति बिक्री गरेर सातजनाको परिवार राम्रैसँग पालेको बताए । उनको २२ वर्षीय छोरा राजेश्वर राजभरले पनि काम सिकेका छन भने उनीसँग अन्य छ जना कालिगडले मूर्ति बनाउने काम गर्छन् । उनले भने, “दसैँपछि अब तिहारमा लक्षमीपूजाका लागि मूर्ति बनाउनेछु ।”     
     
रामकेवलले छोरा राजेश्वरलाई मात्र होइन अन्य धेरै कालिगड तयार पारेका छन् । नजिकै कोटहीमाइ–४ तुनिहवामा नवदुर्गा एवं लक्ष्मी मूर्ति कला केन्द्रका सञ्चालक धर्मेन्द्र, राम मोहन, दशरथ, गौतम, बगाहे र अनिल हरजिन पनि उनकै चेला हुन् ।     
     
बीस वर्षसम्म मूर्ति बनाउने काम रामकेवलबाटै मर्यादपुरमा सिकेका धर्मेन्द्र हरिजन विगत तीन वर्षदेखि नवदुर्गा एवं लक्ष्मी मूर्ति कला केन्द्रका मालिक भएका छन ।  यस वर्ष १० हजारदेखि २० हजारसम्म प्रतिसेट मूर्ति बिक्री भएको उनले बताए । रामविकास चौधरी ररासस

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x