०८ साउन २०८३, शुक्रबार

जसको टिकट अन्तिम समयमा खोसियो

जसको टिकट अन्तिम समयमा खोसियो

नेपाली कांग्रेसका नेता टेकराज पौडेलले अन्तिम समयमा टिकट खोसिँदा गण्डकी प्रदेशसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराउन सकेनन् ।

बाग्लुङ- २ (२) बाट उनलाई टिकट दिने निर्णय संसदीय बोर्डले गरिसकेको थियो ।

तर, अन्तिम समयमा आएर कांग्रेस संसदीय बोर्ड र सभापति शेरबहादुर देउवाले उनको ठाउँमा द्रोण कुँवरलाई टिकट दिएपछि उनले उम्मेदवारी मनोनयन दर्ता गराउन पाएनन् ।

टिकट नपाए पनि उनी असन्तुष्ट भने छैनन्। 'पार्टीले मेरो नाममा नै निर्णय गरिसकेको थियो तर पछि सभापतिज्यूले मेरो टिकट परिवर्तन गरेर अन्तिम समयमा द्रोण कुँवरलाई टिकट दिनुभयो,' पौडेलले लोकान्तरसँग भने, 'असन्तुष्ट हुने कुरा त होइन। तर, मैले टिकट पाउने निर्णय भैसके पनि अन्तिम समयमा मेरो टिकट खोसिएको थियो। त्यसले अलि दु:ख हुनु स्वाभाविक नै हो।'

त्यसैगरी बाग्लुङको २ (१) द्रोण कुँवर र २ (२) मा जीत शेरचनले टिकट पाएका छन् ।

उक्त क्षेत्रमा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तथा नेपाली कांग्रेसले प्रदेश सभाका दुवै सीट पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्