×

NMB BANK
NIC ASIA

सीमित साधनस्रोतका बाबजुद प्रहरीको भूमिका प्रशंसनीय छ : मुख्यमन्त्री पोखरेल

असोज ३१, २०७९

NTC
फाइल फोटो
Premier Steels

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
    
६७औं प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित श्रद्धाञ्जलि तथा पुरस्कार वितरण कार्यक्रममा उनले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताए ।

Muktinath Bank

नेपालमा जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै उनले यस संगठनको ऐतिहासिक गरिमा र महत्त्व रहेको बताए ।
    
प्राकृतिक प्रकोप, शान्ति, सुरक्षा लगायतका हरेक घडीमा आफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यावसायिक रूपमा पनि आफूलाई उत्तिकै सक्षम बनाएको उनले बताए ।
    
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अमर प्रहरीका परिवारजन, विभिन्न योगदान गर्ने व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरे । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले नेपाल प्रहरीले देशको शान्तिसुरक्षा, अमनचयनमा निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताए ।
    
आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले विगतमा जस्तै महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैव जनमुखी, पारदर्शी र छिटोछरितो सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने जिम्मेवारीलाई कुशलताका साथ बहन गर्ने उनले बताए । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको सन्देश प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले वाचन गरेका थिए । उक्त अवसरमा अमर प्रहरी स्मारकमा मुख्यमन्त्रीसहित अतिथिले पुष्पार्पण गरेका थिए ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x