×

NMB BANK
NIC ASIA

अपराध नियन्त्रणका लागि प्रहरीले विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ : गृहमन्त्री खाण

असोज ३१, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

गृहमन्त्री बालकृष्ण खाणले बर्सेनि अपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन् । सोमवार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व बर्सेनि आपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताए । 

Muktinath Bank

विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरूको प्रयोग गरी अपराधिक गतिविधिहरू हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापहरूको नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताए । गृहमन्त्री खाणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिबद्ध रहेको बताए । उनले नेपाल प्रहरीका जवानहरूको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्री खाँणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीको लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य भइरहेको भन्दै तालिम केन्द्र निर्माणपछि अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

गृहमन्त्री खाणले गत वर्ष सरकारले प्रहरी जवानहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रम र योजना अघि सारेको र त्यसले केही हदसम्म प्रहरी जवानको क्षमता विकासमा मद्दत पुगेको बताए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x