कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
कात्तिक ३, २०७९
सत्तारूढ गठबन्धनमा सीट बाँडफाँटका क्रममा दोलखा माओवादी केन्द्रले पायो । बाग्मती प्रदेशमा तुलनात्मकरूपमा माओवादी केन्द्रको जनाधार भएको निर्वाचन क्षेत्रमध्ये लिइन्छ, दोलखा ।
दोलखामा जनमतको हिसाबले माओवादी केन्द्र तेस्रो दल हो । २०६४ को संविधान सभा चुनावमा त्यसबेलाको दुवै निर्वाचन क्षेत्रमा माओवादीका उम्मेदवार विजयी भएका थिए ।
त्यसपछिको कुनै पनि चुनावमा दोलखाका माओवादीहरू प्रतिनिधिसभा सदस्य हुन पाएनन् । यसपटक दोलखामा माओवादीको क्रेज फर्काउने अभिलाषासहित पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा दोलखा माओवादीको भागमा पर्यो ।
तर, माओवादी एक्लैको मत चुनाव जित्न पर्याप्त छैन । दोलखामा दोस्रो ठूलो दल रहेको कांग्रेसको मतमा माओवादीले चुनाव जित्नुपर्छ ।
गत स्थानीय तहको चुनावको मत हेर्दा दोलखामा कांग्रेसले ३३ हजार ४३९ मत पाएको छ । माओवादी केन्द्रले १७ हजार ३७५ मत पाएको छ ।
यो दुवै मत जोड्दा एमालेले पाएको मत भन्दा ११ हजार ९६४ मत हुन्छ । एमालेले ३९ हजार ५० मत पाएको थियो ।
यो अंक गणित हेर्दा दोलखामा माओवादीका उम्मेदवार गगांबहादुर कार्कीले सजिलै चुनाव जित्नुपर्ने हो तर, कार्की भने एमालेसँगको प्रतिस्पर्धामा सजिलै चुनाव जितिनेमा ढुक्क छैनन् । त्यसको एउटै चिन्ता हो, दोलखाका कांग्रेसले सर्लक्क माओवादीका उम्मेदवारलाई मत दिन्छन् ? दोलखा कांग्रेसका नेताहरूसँग पनि यसको स्पष्ट उत्तर छैन ।
दोलखा कांग्रेसका एक नेता भन्छन्, ‘स्थानीय तह चुनावमा आएको अन्तरविरोध नै हल भएको छैन । सबै कांग्रेसीले माओवादीलाई मत हाल्छन् त ? भन्ने प्रश्न हाम्रो पनि छ ।’
दोलखामा गठबन्धनका उम्मेदवार कार्कीले कांग्रेसको बढीभन्दा बढी मत कसरी आफ्नो पक्षमा ट्रान्सफर गराउने भन्ने चिन्ता व्यक्त गर्ने गरेको दोलखा माओवादीका नेताहरू बताउँछन् ।
उता गुल्मी– २ मा सत्तारूढ गठबन्धनको साझा उम्मेदवार छिन्, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री । स्थानीय तह चुनावको मत हेर्दा गुल्मी– २ मा एकीकृत समाजवादीले जम्मा ६५८ मत मात्रै पाएको छ । एमाले ३१ हजार २५३ मतसहित पहिलो, कांग्रेस २९ हजार ८२१ मतसहित दोस्रो दल हो भने माओवादीले १८ सय ४१ मत पाएको छ ।
गठबन्धनको उम्मेदवार भएका कारण कांग्रेस र माओवादीले रामकुमारीलाई सर्लक्क मत दिने हो भने उनले चुनाव हारिन्छ कि भन्ने चिन्ता गर्नु नपर्ने हो । तर, गुल्मी– २ मा रामकुमारी चुनावी परिणामको हिसाबले ढुक्क भइसकेकी छैनन् । मतदाता रिझाउन उनले भगीरथ प्रयत्न गरिरहेकी छिन् ।
चुनावमा गठबन्धनभित्रको मत साझा उम्मेदवारको पक्षमा ट्रान्सफर हुँदैन कि भन्ने चिन्ता सम्बन्धित निर्वाचन क्षेत्रको उम्मेदवारलाई मात्रै होइन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको व्यवहार र अभिव्यक्तिमा बढी मात्रामा मुखरित भएको छ ।
पछिल्ला दिनमा आयोजना हुने चुनावी सभामा प्रचण्ड र नेपालले यस्तो चिन्ता दोहोर्याउने गरेका छन् । कांग्रेसका कार्यकर्ता र मतदातालाई हँसिया हथौडा र कलम चिह्नमा मत हाल्न उनीहरूले सार्वजनिकरूपमा फकाउने समेत गरेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारहरूले कांग्रेसको मत आफ्नो पक्षमा ल्याउन साम, दाम, दण्ड, भेद सबै उपाय लगाइरहेका छन् ।
नेतृत्व तहमा मात्रै छलफल र विमर्श गरेर कांग्रेसको मत नआउने देखेपछि स्थानीयस्तरकै कार्यकर्ता र मतदातालाई फकाउने रणनीतिमा उम्मेदवारहरू लागेका छन् ।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावमा पनि कांग्रेसले माओवादीका उम्मेदवारलाई र माओवादीले कांग्रेसको उम्मेदवारलाई खुलेर मत नहालेको विश्लेषण गठबन्धनभित्र भएको थियो ।
त्यसको असन्तुष्टि नेताहरूले सार्वजनिकरूपमा अभिव्यक्त गरेका पनि थिए । संसदीय चुनावमा त्यस्तो प्रवृत्ति दोहोरिन नदिने बारेमा छलफल गरेका नेताहरूले गठबन्धनद्वारा आयोजित सभालाई शीर्ष नेताहरूबाट सम्बोधन गराउने उपाय अपनाइरहेका छन् ।
असोज २९ मा गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी र कांग्रेसले एकअर्कालाई आत्मसाथ गर्न असहज हुनु स्वाभाविक भएको तर, अहिले बाध्यात्मक अवस्था रहेको बताएका थिए ।
त्यसदिन प्रचण्डले भनेका थिए, ‘हिजो हामी इतिहासको एउटा कालखण्डमा आमनेसामने भिडन्त गरेका पार्टीहरू हौं । कांग्रेस र माओवादी मुख्यरूपमा । ती दुईवटा पार्टीहरूको बीचमा राजनीतिक भावनात्मक सम्बन्ध सुदृढ गर्न मैले अस्वाभाविक ठान्दिनँ । हिजोको घटनाक्रमलाई स्मरण गर्दा सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो कुरा चाहिँ होइन ।’
राजनीतिक दृष्टिकोण र सिद्धान्तका हिसाबले पूर्व र पश्चिम फर्किएका दलहरू चुनावी साँठगाँठका लागि मात्रै गठबन्धनको छातामा समेटिने गरेको भन्दै नेपालमा चुनावी गठबन्धन संस्कृतिको विरोध हुने गरेको छ ।
अर्कोतर्फ, सशस्त्र द्वन्द्वको समयमा माओवादी केन्द्रले सबैभन्दा बढी कांग्रेस कार्यकर्तालाई नै निशाना बनाएको भन्दै त्यसबेलाको पीडा अझै बिर्सिन नसकेको कतिपय कांग्रेसका नेताहरूले टिप्पणी गर्ने गरेका छन् । उम्मेदवार चयन र मनोनयनअघि कांग्रेसभित्रकै संस्थापनइतर खेमा माओवादी केन्द्रका नेताहरूप्रति उग्ररूपमा प्रस्तुत हुने गरेका थिए ।
यति पृष्ठभूमि राखेपछि प्रचण्डले कांग्रेसका मतदातालाई फकाउने प्रयास गरे । त्यसपछि उनले भने, ‘मैले कता–कता माओवादीले कसरी रुखमा भोट हाल्ने ? कांग्रेसले कसरी हँसिया हथौडामा भोट हाल्ने ? भनेको सुन्छु । त्यसो हो भने तपाईँहरूले विस्तृत शान्ति सम्झौताको महत्त्व बुझ्नुभएको छैन । गिरिजाबाबुसँग शान्ति सम्झौतामा मैले हस्ताक्षर गर्नु भनेकै मैले रुखमा भोट हाल्नु हो । उहाँले हँसिया हथौडामा भोट हाल्नु हो । अनि तपाईँहरू चाहिँ राजनेता भन्ने र अर्कोतिर भोट नहाल्ने भयो भने बुझेको ठहरिन्छ त ?’
यही कुरा उनले असोज ३० मा काठमाडौंको क्षेत्र नम्बर–२ मा आयोजित चुनावी सभामा दोहोर्याए । गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘रुखले हँसिया हथौडामा, हँसिया हथौडाले रूखमा कसरी भोट हाल्ने भनेर प्रश्न आउने गरेको सुनेको छु । हामीले उहिल्यै हँसिया हथौडा र रूखलाई एक बनाइसकेका हौ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा र मैले रूखमा भोट हाले बराबर हो ।’
यसरी हरेकजसो कार्यक्रममा प्रचण्डले कांग्रेसका मतदातालाई हँसिया हथौडामा मत हाल्न उत्पेरित गर्ने गरी फकाउन थालेका छन् । कांग्रेस कार्यकर्ताको मन जित्नका लागि स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सन्दर्भ उल्लेख गरेर कांग्रेसका कार्यकर्तालाई भावनात्मकरूपमा उत्प्रेरित गर्ने प्रयास प्रचण्डले गरिरहेका छन् ।
माओवादी केन्द्रका आफ्ना उम्मेदवारहरूलाई स्थानीयस्तरमा कांग्रेसमा मत दिँदै आएका मतदातालाई भेटेर नै आफ्नो पक्षमा सकरात्मक गराउने प्रयास गर्न केन्द्रीय नेतृत्वले निर्देशन दिएको माओवादीका नेताहरू बताउँछन् ।
कात्तिक १ गते ललितपुरमा गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एउटै मञ्चमा उभिएका थिए ।
त्यस दिन पनि देउवालाई साक्षी राखेर प्रचण्डले गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा भोट हाल्न कांग्रेस हिच्किचाउन नहुने तर्क गरेका थिए ।
प्रचण्डले भने, ‘म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु, हामीले धेरै पहिले नै रूख र हँसिया हथौडालाई एक बनाइसकेका हौं । जतिबेला हामीले शान्ति सम्झौता गर्यौं, त्यो बेला सात दलका तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले हस्ताक्षर गरेको थिएँ । त्यो भनेकै मैले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप हाने बराबर हो ।’
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि कांग्रेस र माओवादीका कार्यकर्ता र मतदातालाई फकाउने गरी अभिव्यक्ति दिने गरेका छन् । ललितपुरमा गठबन्धनका दलले तयार गरेको मञ्चबाट नेपालले भने, ‘हामीबीच आपसी सहकार्य र समन्वयले मात्रै हामीलाई बलियो बनाउँछ । त्यसैले एक–अर्कालाई सहयोग गरौं । गठबन्धनका उम्मेदवार जिताउन सबै ठाउँमा सहयोग गरौँ ।’
प्रचण्ड र माधव नेपालको मनोभावना बुझेका कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ललितपुरकै कार्यक्रमबाट कांग्रेस कार्यकर्तालाई जहाँ गठबन्धनको जुन चुनाव चिह्न छ, त्यसैमा मत हाल्न निर्देशन दिए ।
देउवाले भने, ‘अब को हँसिया हथौडा, को रूख, को कलम भन्ने नै छैन । कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने, हँसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा नै भोट हाल्ने र रूख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । यत्ति भए पुगिहाल्यो नि !’
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...