×

NMB BANK
NIC ASIA

प्याराग्लाइडिङमा शर्त

एक सातापछि खुल्यो प्याराग्लाइडिङ, १५ दिनभित्र तोकिएको शर्त पूरा गर्ने व्यवसायीको प्रतिबद्धता

कात्तिक ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भइरहँदा एक खेलाडीको मृत्यु भएपछि बन्द गरिएको प्याराग्लाइडिङ उडान एक सातापछि खुलेको छ । पोखरामा उडानका क्रममा नेपाली सेनाका खेलाडी निसिम थापाको मृत्यु भएपछि देशैभर बन्द गरिएको उडान खुला गरिएको हो । थापाको असोज ३० गते मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंभरको प्याराग्लाइडिङ उडान बन्द गरेकाे थियो । 

Sagarmatha Cement
Muktinath Bank

प्राधिकरणले नियमित, व्यवस्थित र सुरक्षित उडान गराउने भन्दै बन्द गराएको उडान आज (आइतवार)बाट खुलेको छ । ३० गते उडान बन्द गरेको ४ दिनपछि कात्तिक २ गते प्राधिकरणले उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्ययन समितिले २ दिनमै विभिन्न ५ वटा सुझावसहित प्रारम्भिक प्रतिवेदन दिएको थियो । प्राधिकरणले उक्त प्रतिवेदनको सुझावलाई आधार बनाएको भन्दै शुक्रवार नै प्याराग्लाइडिङको उडान खुला गर्ने निर्णय गरेको थियो । उक्त निर्णय आजदेखि कार्यान्वय भएर पोखरासहित देशैभरको प्याराग्लाइडिङ उडान खुला भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार अध्ययन समितिले दिएको प्रतिवेदनको सुझावलाई कार्यान्वयन गर्ने गरी व्यवसायीलाई उडान सुरक्षित र व्यवस्थित गराउने शर्तमा खुला गरिएको हो । प्याराग्लाइडिङको उडान खुला गर्दा प्राधिकरणले तोकेका शर्त अनिवार्य पालना गर्नुपर्ने छ । 

Vianet communication
Laxmi Bank

प्राधिकरणले तोकेको शर्तमा व्यवसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसावसायिक उडान बाहेक अन्य उडान गतिविधि नगर्ने, १५ दिनभित्र क्यान मेडिकल रिक्वायरमेन्ट पूरा गर्ने उल्लेख छ । मेडिकल रिक्वायरमेन्टका लागि डेजिग्नेटेड मेडिकल एक्जामिनरले परीक्षणमा योग्य ठहराएका पाइलटले मात्रै व्यवसयायिक उडान गर्न पाउने, यस्ता पाइलटले पोशाक लगाउनुपर्ने व्यवस्था भएको छ । 

व्यवसायिक उडानमा योग्य हुने ग्लाइडरहरूले १५ दिनभित्र एयर वर्दिनेस इन्स्पेक्टरको रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरलाई मात्र व्यवसायिक उडान अनुमति दिने र पाइलटले रिफ्रेसर तथा आपतकालीन टेन्डम रेस्क्युको तालिम वर्षमा एकपटक लिनैपर्ने शर्तसमेत तोकेको छ । 

प्राधिकरणले तोकेको शर्त पालना १५ दिनभित्रै गर्ने र उडान सुरक्षालाई प्राथमिकतामा राखेर सेवा दिने प्रतिबद्धता गरेको नेपाल हवाई खेलकुद संघका अध्यक्ष सुशील भट्टले बताए । उनले भने ‘नियामक निकायले तोकेको शर्त पालना गरेर उडान गर्न  व्यवसायी तयार भएकाले आइतवारबाटै देशैभरको प्याराग्लाइडिङ उडान शुरु भएको हो ।’ आजैबाट शर्त पालना गर्ने कम्पनीहरूले नियमित शुरु गरिसकेका छन् । 

यी हुन् प्याराग्लाइडिङ उडानका शर्त र कम्पनीकाे  विवरण


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x