×

NMB BANK
NIC ASIA

प्रतिबन्ध लगाउँदा पनि कसरी भित्रियो नेपाली बजारमा प्रशस्त भारतीय फूल ?

कात्तिक ७, २०७९

NTC
Premier Steels

हिन्दू नेपालीहरूको पर्व तिहारमा फूलहरू विदेशबाट आयात गर्न प्रतिबन्ध भए पनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ । तिहारको पूर्वसन्ध्यामा काठमाडौंका बजारहरूमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको हो । 

Muktinath Bank

बजारमा नेपाली फूलहको मूल्य भन्दा भारतबाट आयात भएको फूल महँगो भएको सर्वसाधरणहरूले गुनासो गरेका छन् । घरका झ्याल, ढोका पसल सजाउनको लागि प्रयोग गरिने सयपत्री फूलको मालाको मूल्य विगतका वर्षहरूमा भन्दा यसवर्ष बढेको सर्वसाधारणले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले फूलमा नेपाल आत्मनिर्भर भएको भने पनि बजारमा भारतबाट आयात भएका सयपत्री फूल प्रशस्त रुपमा बिक्री भइरहेको स्वयं व्यापारीहरू नै बताउँछन् । उनीहरूले फूलमा नेपाल आत्मनिर्भर भए पनि भारतबाट फूल आयात हुँदा नेपाली फूल उत्पादन गर्ने किसान र व्यापारी मारमा परेको गुनासो गरेका छन् । 


Advertisment
Nabil box
Kumari

सोमवार काठमाडौंको न्युरोडमा माला व्यापारी प्रेमबहादुर गिरीले विगतका वर्षहरूमा भन्दा यो वर्ष मौसमको कारण फूलको मूल्य बढेको बताए । उनले तिहारभन्दा अगाडि फूल वर्षाका कारण कुहिएकाले बजारमा नेपाली फूल महँगो भएको बताए । व्यापारी गिरीले तिहारमा भारतबाट पनि धेरै मात्रामा फूल आयात भएकाले नेपालमा उत्पादित फूल व्यापारीहरूलाई समस्या भएको गुनासो गरे । उनले विगतका वर्षहरूको भन्दा अहिले भारतबाट आयात हुने फूलमा कमी आएपनि पूर्ण रुपमा नरोकिएको बताए । नेपाली उत्पादनलाई सरकारले व्यवस्थित गरेर आयातलाई पूर्णरुपमा रोक्नुपर्नेमा सरकारले नसकेको बताउँदै नेपाली उत्पादनलाई प्राथमिकता दिने सरकार नरहेको उनले आरोप लगाए । 

Vianet communication

भारतबाट फूल आयात प्रतिबन्ध भनिए पनि बजारमा व्यापारीहरूले बेच्दा नै भारतीय माला र नेपाली माला भन्दै बेच्ने गरेको एक व्यापारीले बताए । उनले भारतबाट माला आयातमा रोक लगाएको भनिए पनि बजारमा भारतीय माला पनि प्रशस्त रहेको बताए ।

त्यस्तै न्युरोडमा सयपत्री फूलको माला किन्न आएका सर्वसाधारण विपिन खड्काले बजारमा विगतका वर्षहरूको भन्दा १० प्रतिशत भन्दा बढी मूल्य बढी परेको बताए । उनले यो वर्ष नेपाली उत्पादनलाई प्राथमिकता दिएर भारतबाट कम आयात गर्नु राम्रो भएको बताए । खड्काले देशमा नै रोजगारी सिर्जना गर्नको लागि र नेपाली उत्पादन बढाउनको लागि मूल्य बढी भए पनि प्राथकिता दिनुपर्ने बताए । 

तिहारको तेस्रो दिन बजारमा यतिबेला माला किन्नेको भीडभाड बढेको छ । बजारमा फूलको माला तथा अन्य रङलगायत भाइमसला, टोपी, लक्ष्मीको फोटाहरूको बिक्री र खरिद गर्ने मानिसहरूको उल्लेख्य भीड छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x