०२ साउन २०८३, शनिबार

नेपाल बैंक र दराजबीच सम्झौता

कात्तिक २०, २०७९
नेपाल बैंक र दराजबीच सम्झौता

नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं बार्षिकोत्सको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

यो योजना मिति २०७९ कार्तिक २५ गतेदेखि  मंसिर ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ । 

कात्तिक १७ गते नेपाल बैंकको प्रधान कार्यालयमा भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरे । 

उक्त सम्झौता अनुसार नेपाल बंैकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्