
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले लोकप्रिय अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११ः११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यस योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा २,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा ३,००० रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।
छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरूले दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ ।
यो योजना नोभेम्बर ११ देखि सिमित अवधिको लागि रहने बैंकले जनाएको छ ।