×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

महेश बस्नेतको प्रचार शैली : विजयी र्‍यालीको झल्को दिने चुनावी घरदैलो [फोटो/भिडियो]

कात्तिक २१, २०७९

NTC
Premier Steels

समय : आइतबार दिउँसो २ बजे ।
स्थान : सूर्यविनायक नगरपालिका– ४ दधिकोट ।

Muktinath Bank

चोकमा ३०/४० जनाको हाराहारीमा एमालेका कार्यकर्ताहरू थिए । हातमा फूलमाला र पार्टीको झण्डा लिएर उभिइरहेका उनीहरूले प्रतीक्षा गर्दै थिए, महेश बस्नेतको । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका बस्नेतको त्यहाँ घरदैलो कार्यक्रम हुने तयारी थियो । 


Advertisment
Nabil box
Kumari

Vianet communication

स्पिकरमा घन्किन थालिसकेको थियो, ‘शहर–शहरमा ओली, गाउँ–गाउँमा ओली ।’ बस्नेतको आगमन हुन केही ढिला भयो । 

उनी करीब ३ बजे सोही क्षेत्रका प्रदेशसभा उम्मेदवार किरण थापासँगै आइपुगे । त्यतिञ्जेलसम्म कार्यकर्ताहरूको संख्या बढेर डेढ सय हाराहारी पुगिसकेको थियो ।

त्यहाँ रहेका कार्यकर्ताहरूले बस्नेत र थापालाई फूलमाला लगाइदिए । 

अनि नारा लगाउन थाले–

नेकपा एमाले जिन्दावाद !
महेश दाई, हाइहाइ !
किरण दाइ, हाइहाइ !
भोट के मा ? सूर्यमा ।
भक्तपुरले के भन्छ ? महेश बस्नेत ले भन्छ । इत्यादि । 

खासमा महेश र किरणको घरदैलो कार्यक्रम विजयी र्‍यालीको झल्को दिने खालको थियो । महेश र किरण अघिअघि, नेता कार्यकर्ताहरू नारा लगाउँदै नेता कार्यकर्ताहरू पछिपछि ।

सडकमा अघि बढ्दै गर्दा बीच–बीचमा रोकेर फूलमाला लगाइदिनेबाहेक अन्यसँग उम्मेदवारहरूले भेटेनन् । घर–घरमा पनि पुगेनन् ।

र्‍याली अगाडि बढ्दै गयो । त्यत्तिकैमा ६०/६२ वर्षीय एक व्यक्ति अगाडि आए । उनले दुबो, सयपत्री, गोदावरी फूल दिँदै शुभकामना दिए । 

बस्नेतलाई उनको शुभेच्छा गज्जब लागेछ क्यारे, अगाडि रहेका 'क्यामेरा पर्सन'लाई भिडियो खिच्न आग्रह गर्दै ती व्यक्तिलाई फेरि शुभकामना दिनुस् भनेर आग्रह गरे ।

हातमा रहेको दुबो देखाउँदै उनले भने, ‘यो दुबोजस्तै मौलाउनू’ । फेरि सयपत्री फूल देखाउँदै भने, ‘सयपत्रीजस्तै फक्रिनू’ । अर्को गोदावरी फूल देखाउँदै थपे, ‘यो गोदावरी जस्तै ढकमम्क भएर संसदमा छाउनू, यही छ शुभकामना !’ 

र्‍याली अगाडि बढ्दै गयो । बीचबीचमा मतदाताहरू सडकमा आएर बस्नेत र थापालाई फूलमाला लगाइदिँदै शुभकामना दिन्थे । यत्तिकैमा हर्षचोक पुग्दै गर्दा वृद्ध दम्पती फूलमाला लिएर बसिरहेका थिए । 

उनीहरूले बस्नेत र थापालाई फूलमाला लगाइदिए । शुभकामना दिए । उनीहरू रहेछन्, हर्षचोक निवासी ८६ वर्षीय खड्गप्रसाद दाहाल र ७५ वर्षीया विष्णुमाया दाहाल ।

उहाँहरूलाई के भनेर शुभकामना दिनुभयो ? लोकान्तरको प्रश्नमा वृद्ध दम्पतीले जवाफ दिए, ‘विजयी हुनुहोस् । राम्रो काम गर्नुहोस् । विकास गरिदिनुहोस् भन्यौं ।’

र्‍याली अमरहल पुल, फलामे पुल, ल.कलेज, हिल्चोक उकालो, चित्रपुर, गाम्चा चोक हुँदै अगाडि बढ्यो । भक्तपुर क्षेत्र नं. २ मा यसअघि पनि महेश बस्नेतले चुनाव जितेका थिए ।

यहाँ यसपटक नेपाली कांग्रेसबाट दुर्लभ थापा क्षेत्री प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । उनलाई माओवादी, नेकपा एससहित गठबन्धन सहयात्री दलहरूको साथ छ ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भक्तपुर २ बाट कांग्रेसले २५ हजार ७६४, एमालेले २४ हजार २८६, नेमकिपाले ४ हजार ९२५, राप्रपाले ४ हजार १७२, नेकपा एसले १ हजार २ सय २ र माओवादी केन्द्रले १ हजार ४५ मत पाएका थिए ।

हेर्नुहोस्, भिडियो :

थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x