'ह्यारी पोटर' सिरिजमा मुख्य भूमिका निर्वाह गर्ने बेलायती अभिनेत्री लेस्ली फिलिप्सको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेकी उनको ९८ वर्षको उमेरमा निधन भएको हो ।
लेस्ली फिलिप्सका एजेन्ट जोनाथन लोयडले उनको मृत्युको पुष्टि गरेका छन् ।
एजेन्टले लेस्लीको सोमवार सुतिरहेको अवस्थामा मृत्यु भएको जनाएका छन्।
लेस्ली फिलिप्सको जन्म २० अप्रिल १९२४ मा लन्डनमा भएको थियो। उनले आफ्नो करियरमा २ सय भन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् ।
ह्यारी पोटर शृङ्खलाको मुख्य पात्र ह्यारी पोटरको टोपी रहेको सोर्टिङ ह्याटलाई लेस्ली फिलिप्सले स्वर दिएकी थिइन् ।
ह्यारी पोटरका कारण उनी युवा पुस्तामा पनि लोकप्रिय दिइन् ।