०३ साउन २०८३, आइतबार

नेपालमा खिचिएको ‘उचाई’ आजदेखि प्रदर्शनमा

कात्तिक २५, २०७९
नेपालमा खिचिएको ‘उचाई’ आजदेखि प्रदर्शनमा

नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ आज (शुक्रवार)बाट नेपालमा पनि रिलिज भएको छ । 

बुधबारसम्म यो फिल्म नेपाल भित्रिने वा नभित्रिने पक्का भएको थिएन । तर, ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपालमा वितरण गर्ने भएसँगै ‘उचाई’ प्रदर्शनमा आएको हो । 

यो फिल्ममा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग गरिएको छ ।

बलिउड फिल्म भएपनि यो फिल्मले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएको छ । 

यसैले, नेपालमा नाम चलेका वितरण कम्पनीहरुले यो फिल्म नेपाल भित्राउन चासो नदिएको अवस्थामा ट्राभलर्स क्रिउले राम्रो कर तिरेर यो फिल्मलाई नेपालमा ल्याएको हो । 

फिल्मलाई नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर वितरण गर्दैछन् ।

यो फिल्मको लाइन प्रोड्यूसरमा नेपालको चर्चित फिल्म निर्माण कम्पनी थ्रि ह्विलर्स फिल्मस् रहेको छ । 

ुनेपालमा यो फिल्म छायांकन गर्दा करिब २० करोड खर्च भएको थ्रि ह्विलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिए । 

फिल्म वितरण गर्न लागेका राजन पुरीले भने– ‘यो बलिउड फिल्म मात्र होइन, यसमा नेपालीहरुको भावना पनि जोडिएको छ । नेपालका दृश्यहरुलाई क्यामेरामा कैद गरिएको यो फिल्मलाई आम नेपालीहरुमाझ देखाउन आवश्यक छ । यसले, आन्तरिक पर्यटक वृद्धिमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ । यसैले, यसपटक हामीले भावनात्मक रुपमा यो फिल्मसँग जोडिने निर्णय गरेका हौं ।’

यो फिल्मको बुकिङ बिहीबारबाटै नेपालभर खुलेको थियो । फिल्मले मल्टिप्लेक्सले सुखद शोज दिएका छन् ।

प्रदर्शनको पहिलो दिन क्यूएफएक्स चेनले फिल्मका लागि १७ शोज दिएको छ । यस्तै, बीग मुभिजले फिल्मलाई ४ शोज दिएको छ । 

यस्तै, वान सिनेमाज्ले कालिमाटी र नयाँ बाँनेश्वरमा गरि ५ शोज फिल्मका लागि उपलब्ध गराएको छ । 

सुरज बर्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । 

४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा यो फिल्मलाई निर्माण गरिएको छ । राजश्री प्रोडक्शनले यो फिल्मलाई निर्माण गरेको हो ।  

salt training

कमेन्ट गर्नुहोस्