२८ जेठ २०८३, बिहीबार

निर्वाचन आयाेगले गरायाे कूटनीतिक नियोगलाई चुनावबारे जानकारी

कात्तिक २८, २०७९
निर्वाचन आयाेगले गरायाे कूटनीतिक नियोगलाई चुनावबारे जानकारी

निर्वाचन आयोगले काठमाडौंँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का बारेमा जानकारी गराएकाे छ । 

आयोगको कान्तिपथस्थित कार्यालयमा साेमबार एक कार्यक्रम आयोजना गरेर कूटनीतिक निकायका प्रतिनिधिलाई आसन्न चुनावकाे बारेमा जानकारी गराएको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पुर्‍याएको सहयोग र देखाएको सदायशताको प्रशंसा गरेका थिए ।

प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने बताए ।    

आयोगका आयुक्त, उच्च अधिकारी सहभागी कार्यक्रममा काठमाडौंँस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिकोसमेत सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोगका उपसचिव एवं योजना, अनुगमन तथा वैदेशिकसम्बन्ध शाखाका प्रमुख कमल भट्टराइले निर्वाचनसम्बन्धी विविध जानकारीको प्रस्तुतिकरण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्