०३ साउन २०८३, आइतबार

नेपाली बाथरुम वेयर उद्योगमा क्रान्ति गर्दै ‘बेन्कार्डो’

कात्तिक २९, २०७९
नेपाली बाथरुम वेयर उद्योगमा क्रान्ति गर्दै ‘बेन्कार्डो’

बाथरुम वेयरमा देशकै सबैभन्दा ठूलो च्यानल पार्टनर नेटवर्क रहेको ब्रान्ड बेन्कार्डोले नेपालमैे पहिलो बाथरूम वेयर एप सञ्चालनमा ल्याएको छ । 

यस एपमार्फत नजिकै रहेका डिलरहरू, बिक्री सेवा र प्लम्बिङ सेवाहरू सजिलैसँग हेर्न सकिने कम्पनीले  जनाएको छ ।

कम्पनीका अनुसार, एपमार्फत आफ्नो घरको समस्या, फोटो वा भिडियो अपलोड गरी ४८ घण्टा भित्र प्लम्बिङ सेवाहरू प्राप्त गर्न सक्नेछन् । 

एक पटक प्लम्बरले कार्य पूरा गरेपछि दुबै उपभोक्ता र प्लम्बरले आफ्नो एपमा समस्या हल भएको जानकारी टिपाउन सक्छने कम्पनीले  जनाएको छ । 

किफायती मूल्यमा लक्जरी सपनाको बाथरूम प्रस्तुत गर्ने पहिलो कम्पनी बेकार्डोका मुख्य खण्डहरू सेनेटरी वेयर, फसेट, किचन सिंक र टाइलहरू हुन् । 

बेन्कार्डोका उत्पादनहरूमा इको फ्लस वाटर सेभर, जर्म–फ्री, डुअल फ्लस र सफ्ट क्लोज सीट कभर प्रणाली लगाइएको कम्पनीले जनाएको छ । 

जर्म फ्री सेनेटरी वेयरलाई विशेष सिल्भरनानो ग्लेजले लेपित गरिएको छ जसले किटाणु वृद्धिमा रोक लगाउने कम्पनीको भनाइ छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्