×

NMB BANK
NIC ASIA

बद्री पंगेनीले पाल्पा पुगेर ठाकुर गैरेका लागि मागे भोट

कात्तिक ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चर्चित लोक गायक बद्री पंगेनी गृहजिल्ला पाल्पा पुगेर नेकपा एमालेका उम्मेदवारका लागि भोट मागेका छन् ।

Muktinath Bank

एमालेको तर्फबाट पाल्पाको २ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार ठाकुर गैरेका लागि पंगेनीले भोट मागेका हुन् । पंगेनीको घर पाल्पाको १ नम्बर क्षेत्रमा पर्छ ।
 
मंगलवार बगनासकाली गाउँपालिका–६ मा आयोजित कार्यक्रममा बोल्दै पंगेनीले उम्मेदवार गैरेको खुलेर प्रशंसा गर्दै उनको पक्षमा मत मागेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गैरे सरल, शालिन नेता भएको बताउँदै उनीबाटै विकास र परिवर्तन सम्भव हुने बताए । ‘उहाँले ल आइदिनुपर्‍यो । मलाई सहयोग गरिदिनुपर्‍यो भनेर म यो ठाउँमा आएको होइन,’ पंगेनीले भने, ‘उहाँबाटै अबको देश परिवर्तन हुनसक्छ । हामीले चाहेको पाल्पा बनाउन सक्छौं । २ नम्बर क्षेत्रका धेरै क्षेत्रहरू जहाँ विकास गर्नुपर्नेछ । जहाँ बाटोघाटो, खानेपानी, रोजगार, अस्पतालको आवश्यकता छ, यी सबै कुराहरूको सम्बोधन गर्न उहाँहरूमा शंका गर्ने ठाउँ छैन ।’


Advertisment
Nabil box
Kumari

उनले प्रदेशसभा सदस्य उम्मेदवारका लागि पनि भोट मागेका छन् । कार्यक्रममा पंगेनीले नसक्ने वाचाहरू मतदातासामु नगरिदिन पनि उम्मेदवारलाई आग्रह गरेका छन् ।

Vianet communication
Laxmi Bank

‘काम गर्न सक्ने कुराहरू मात्र गर्छु भनिदिनुहोला,’ पंगेनीले भने, ‘भोलि तपाईंहरूले चुनाव जितिसकेपछि जनतासामु अहिले गरेका वाचा पूरा गर्न सक्नुभएन भने हामीले गाली खान्छौं । स्थानीय नेताहरूले गाली खान्छन् । त्यसकारण काम गर्न सक्ने कुराहरू मात्र गर्छु भन्नुहोला ।’

पंगेनीले कार्यक्रममा एमालेको चर्चित गीत ‘सै पनि एमाले’ समेत गाएका थिए । सो निर्वाचन क्षेत्रका चर्चित गायक शिरिष देवकोटा पनि ठाकुर गैरेको पक्षमा खुलेर लागेका छन् । गायक पंगेनी यसअघि एमालेको तर्फबाट रुपेन्देहीको २ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार विष्णु पौडेलको घरदैलोमा समेत सहभागी भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x