०२ साउन २०८३, शनिबार

विहेको ४ दिनअघि बेहोस् भए यी अभिनेता

मंसिर १, २०७९
विहेको ४ दिनअघि बेहोस् भए यी अभिनेता

दक्षिण भारतका चर्चित अभिनेता नागा शौर्याले नोभेम्बर २० मा विवाह गर्दैछन्। 

विवाहको ४ दिनअघि उनी अचानक बेहोस भएपछि फ्यानहरूमा तनाब बढाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

फिल्मको सुटिङको क्रममा अचानक स्वास्थ्य बिग्रिएपछि नागा शौर्य सेटमै बेहोस भएको बताइएको छ । 

नागा एनएस २४ को सुटिङमा व्यस्त थिए । यही क्रममा सेटमा उनको स्वास्थ्य अचानक बिग्रिएको बताइएको छ । 

उनको स्वास्थ्य यति बिग्रियो कि उनी  त्यहीँ बेहोस भए । यसपछि उनलाई अस्पताल लगिएको थियो । 

नागा आफ्नो फिल्ममा हाई ओक्टेन एक्सन गर्दै देखिनेछन् ।  

salt training

कमेन्ट गर्नुहोस्