माघ १६, २०७९
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना गरेको कोभिड–१९ खोप, निय...
ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन् । नर्भिक आईभीएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन् । शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।
‘बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ’, नर्भिक आईभीएफ सेन्टरकी वरिष्ठ टेष्टट्युव बेवी विशेषज्ञ डा. नुतन शर्माले भनिन्, ‘तर, पनि नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आईभीएफमार्फत ती महिलालाई आमा बनाउन सफल भयौँ, यसमा हामी सबै खुसी छौँ ।’
‘३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको हाम्रो परिवारमा २७ वर्षपछि छोराको रुपमा अर्काे सन्तान आउँदा खुसीको सीमा छैन’, विमलाले भनिन् ।
नर्भिक आईभीएफमा उपचारका लागि आएका रजक दम्पत्तिले पहिलो प्रयासमै आईभीएफ पद्दतिबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन् । श्रीमतीको उमेर ५५ वर्ष र श्रीमानको उमेर ६८ वर्षको छ ।
नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आईभीएफ पद्दतिबाट सन्तान जन्माउनु चुनौतीपूर्ण भए पनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव भएको डा. शर्माले बताइन् ।
यसअघि पनि नर्भिक आइभिएफ सेन्टरमा उपचारपछि ५४ वर्षीया काठमाडौंकी एक महिलाले आईभीएफ पद्दतिबाट जुम्ल्याहा सन्तान जन्माएकी थिइन् ।
‘बढी उमेर समूहको भएका महिलालाई हामीले शुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार गर्छाैँ’, डा. शर्माले भनिन्, ‘पछिल्लो सफलताले पनि बढ्दो उमेर मात्र सन्तान प्राप्तिमा बाधक होइन भन्ने पुष्टि गरेको छ । तर, सन्तान प्राप्तिको चाहना भएकाहरूले समयमै चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ ।’
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना गरेको कोभिड–१९ खोप, निय...
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...
काठमाडौं - चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि...
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। जनतामा ठूलो निराशा आउन सक्ने भन्दै उनले खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका...
प्याजको बोक्रा फालेर तरकारी वा अचारमा प्रयोग गर्दै आइरहनुभएको छ होला । तर गलत गर्नुभयो । किनकी प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन । तर प्याज यस्तो तरक...
म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ । दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार ब...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...