३२ असार २०८३, बिहीबार

सोलुखुम्बु प्रदेश सभा ‘ख’ मा एमालेका बुद्धिकुमार राजभण्डारी निर्वाचित

सोलुखुम्बु प्रदेश सभा ‘ख’ मा एमालेका बुद्धिकुमार राजभण्डारी निर्वाचित

एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार बस्नेतलाई पराजित गर्दै राजभण्डारी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् । 

राजभण्डारीले १० हजार १ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी बस्नेतले ६ हजार ८ सय १५ मत ल्याएका छन् । राजभण्डारीले बस्नेतलाई ३ हजार ३ सय १३ मत अन्तरले पराजित गरेका हुन् । कुल १९ हजार ९ सय ४ मत खसेको यस प्रदेशमा एमालेका राजभण्डारी दोस्रो पटक निर्वाचित भएका हुन् । जनता समाजवादी पार्टीका उम्मेदवार महेश रानामगरले १ हजार ९०, राप्रपाका प्रेमहरी दाहालले ३ सय ४८, मंगोल नेशनल अर्गनाईजेसनका शान्तिमाया मगरले ८१ मत र नेमकिपाका कमलबहादुर मगरले ९० मत ल्याएका छन् ।

यसअघि पनि राजभण्डारी वाम गठबन्धनकातर्फबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए । उनी प्रदेश १ मा एमालेका प्रमुख सचेतक समेत बनेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्