२४ जेठ २०८३, आइतबार

म्याग्दीबाट कांग्रेसका गर्बुजा विजयी

म्याग्दीबाट कांग्रेसका गर्बुजा विजयी

प्रतिनिधि सभातर्फ म्याग्दी जिल्लाबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गर्बुजाले नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । 

प्रतिनिधि सभातर्फ विजयी गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी एमालेका श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे । उनले श्रेष्ठलाई ३ हजार ८३२ मतान्तरले पराजित गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिबहादुर खत्री श्रेत्रीले १ हजार ४२४ मत प्राप्त गरे । 

प्रदेश सभा १ तर्फ गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र २ तर्फ माओवादी केन्द्रकै रेशमबहादुर जुग्जाली निर्वाचित भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्