०२ साउन २०८३, शनिबार

सांगीतिक प्रस्तुतिका लागि प्रकाश र भूमिका सिड्नीमा

सांगीतिक प्रस्तुतिका लागि प्रकाश र भूमिका सिड्नीमा

लोकगायक प्रकाश दुतराज र गायिका भूमिका गिरीले यही शनिवार अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिँदैछन् । त्यसका लागि उनीहरु बिहीवार नै सिड्नी पुगिसकेका छन् । आयोजक संस्थाका सदस्यले स्वागत गर्दै गरेका तस्वीरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै गायिका गिरीले आफूहरु सिड्नी पुगेको जानकारी गराएकी हुन् ।

गुड स्ट्रीट ग्रानभिलस्थित हिमालयन प्यालेसमा हुन लागेको ‘ह्याप्पी साँझ’मा प्रकाश र भूमिकाले सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।
रेस्ट रियल स्टेट्सको प्रस्तुतिमा ह्याप्पी इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रम साँझ ६ बजेदेखि १० बजेसम्म हुनेछ । 

कार्यक्रममा मोडल अञ्जली अधिकारीको समेत प्रस्तुति रहनेछ । 
प्रकाश र भूमिकाले आफ्ना चर्चित गीत कार्यक्रममा गुनगुनाउने छन् भने अञ्जलीले चर्चित गीतहरूमा नृत्य गर्नेछिन् । ‘चोली मैलै भो’, ‘मन भुल्छ’, ‘देउरालीमा’लगायतका गीतमा सहकार्य गरेका प्रकाश र भूमिका कार्यक्रमको सिलसिलामा एक महिना यता अष्ट्रेलियामा छन् । 
अस्ट्रेलियाको ब्रिसबेनमा आत्महत्याको प्रयास गरेको खबरसँगै केही सातायता प्रकाश थप चर्चामा छन् । उक्त सन्दर्भमा उनले फेसबुकमार्फत स्पष्टीकरण दिइसकेका छन् । 

सिड्नीमा हुनलागेको ‘ह्याप्पी साँझ’प्रकाशको आत्महत्या प्रयासको खबर फैलिएपछिको पहिलो सांगीतिक कार्यक्रम हो ।
 

salt training

कमेन्ट गर्नुहोस्