
कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पराजित गर्दै तामाङ प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
बिहीवार राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत पाएका छन् । उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरेका छन् । बिनाले १९ हजार ३४६ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बिना मगर निर्वाचित भएकी थिइन् ।