
प्रधानमन्त्री शेरबहादुर देउवाका २ जना विश्वास पात्रलाई चुनाव जित्न हम्मेहम्मे परिरहेको छ । देउवा सरकारका गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मतगणनामा आफ्ना प्रतिस्पर्धीभन्दा पछाडि छन् ।
रूपन्देही–३ बाट चुनाव लडेका खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले पछाडि पारेका छन् । अहिलेसम्मको गणनामा बोहराले २७ हजार ६३१ मत ल्याएका छन भने गृहमन्त्री खाणले २७ हजार १५८ मत ल्याएर पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जीतबहादुर गुप्ता तेलीले ४ हजार ६६६ मत ल्याएका छन् ।
यसैगरी, प्रधानमन्त्री देउवाका अर्का विश्वासपात्र सञ्चारमन्त्री कार्की पनि मतगणनामा पछि परेका छन् । सुनसरी–४ बाट उम्मेदवार भएका कार्की नेकपा एमालेका जगदिशप्रसाद कुसियैतभन्दा १ हजार मतले पछाडि छन् ।
एमालेका कुसियैतले १६ हजार १५८ मत ल्याउँदा सञ्चारमन्त्री कार्कीले १५ हजार ७७ मत ल्याएका छन् ।
दुबै जना मन्त्री प्रधानमन्त्री देउवाका विश्वास पात्र मानिन्छन् । गृहमन्त्री खाण यसअघि समानुपातिक सांसद् भएका थिए भने कार्कीले २०७४ मा सुनसरी–४ बाट चुनाव जितेका हुन् ।