
प्रतिनिधि सभातर्फ रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एक हजार मतले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई विष्णुले १ हजार ७ मतले पछाडि पारेका हुन् ।
जारी मत गणनाको पछिल्लो परिणामअनुसार विष्णु पौडेलले २५ हजार ९६४ मत पाएका छन् । उनका निटकम प्रतिष्पर्धी गणेशले २४ हजार ८८९ मत पाएका छन् ।
मत पेटिकामा खसेको भन्दा धेरै मतपत्र भेटिएपछि विवाद भएर रोकिएको मत गणना शुक्रवार साँझदेखि पुनः शुरु भएको थियो । शुक्रवार बिहानैदेखि रोकिएको मत गणना कार्य निर्वाचन आयोगको निर्देशनपछि साँझबाट सुचारु भएको हो ।