माघ १५, २०७९
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जोर्डन नदीको पश्चिमी किनारमा प्यालेस्टाइनीहरूका विरुद्ध दण्डात्मक कदम चाल्ने घोषणा गरेका छन् । पूर्वी जेरुसेलमको एक साइनागगमा शुक्रवार एक बन्दूकधारीले गोली हान...
जाडो बढेपछि जर्मन सांसदहरूलाई संसद् भवनमा न्यानोको व्यवस्था गर्न गाह्रो परेको त्यहाँको पत्रिका देर स्पीगलले खबर दिएको छ ।
जर्मन संसद् बुन्डेस्टाखले ऊर्जा संकटका कारण खपत घटाउन थालेपछि केही सांसदहरूले जाडोका कारण आफूहरूलाई रुघाखोकीको समस्या हुन सक्ने गुनासो गरेका छन् ।
केही मन्त्री र सांसदहरूले ज्याकेटभित्र घाँटीसम्म आउने पुलओभर लगाएका छन् । अनि उनीहरूले कार्यालय आउँदा पनि शल वा स्कार्भ भिर्ने गरेका छन् ।
ग्रीन पार्टीका सांसद तथा पूर्व कृषिमन्त्री रेनाते कुएनास्टले भनिन्, ‘म डाउन ज्याकेट लगाएर अफिसमा बस्दा चिसो लाग्यो । यताउता दौडिएर न्यानो बनाउन खोजें । तैपनि मलाई रुघाले समातिहाल्यो ।’
संसद् भवनमा तापक्रम निकै घटेको बताइएको छ । कुएनास्टले आफ्ना केही सहकर्मीलाई जाडोका कारण रोग लागेको पनि बताइन् ।
रुस–युक्रेन द्वन्द्वका कारण जर्मनीले रुससँग ऊर्जा आपूर्ति लिन छोडेपछि त्यहाँ ऊर्जाको चरम अभावको स्थिति छ ।
पश्चिमा मुलुकहरूले रुसविरुद्ध प्रतिबन्ध लगाएकाले युरोपेलीहरू ग्यासको उच्च मूल्य तिर्न बाध्य छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जोर्डन नदीको पश्चिमी किनारमा प्यालेस्टाइनीहरूका विरुद्ध दण्डात्मक कदम चाल्ने घोषणा गरेका छन् । पूर्वी जेरुसेलमको एक साइनागगमा शुक्रवार एक बन्दूकधारीले गोली हान...
भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नाबा दासलाई बृजराजनगरमा एक प्रहरीले आइतवार गोली चलाएर घाइते बनाएका छन् । गम्भीर अवस्थामा रहेका दासलाई अस्पतालमा भर्ना गरिएको छ । एउटा कार्यक्रममा सहभागी हु...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार साँझदेखि भएका दुईवटा गोली काण्डको प्रतिक्रियास्वरूप वेस्ट बैंकका बस्तीहरूलाई सुदृढ पार्नेलगायतका योजना सार्वजनिक गरेका छन् । साथै प्रधानमन्त्री नेतान्या...
श्रीलङ्का प्रहरीले देशका केही भागहरूमा सञ्चालन गरेको विशेष अपरेसनमा लागुऔषधका दुई सयभन्दा बढी संदिग्धलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता निहाल थल्दुवाले श्रीलङ्काको पश्चिमी र दक्षिणी क्षेत्रमा प्रहरी, विशेष कम...
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीका कारण अवरुद्ध कुष्ठरोग सेवामा देखिएको कमीलाई सम्बोधन गर्न दक्षिण पूर्वी एसिया क्षेत्र र विश्वका देशहरूलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले आइतबार ...
उत्तरपश्चिम इरानको अजरबैजान प्रान्तमा शनिबार राति गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै ८१६ जना घाइते भएका छन् । बिहान ९:४४ मा भूकम्प गएको हो । खोय काउन्टीमा यसको केन्द्रविन्दु...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...