
उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । गणनाको क्रममा हिजो (आइतवार) खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १(२) प्रदेश सभाको १०० मतपत्र भेटिएपछि गणना रोकिएको थियो ।
६३ हजार ८० मत गणना भइसकेपछि प्रदेश सभाको मतपत्र भेटिएको हो । प्रदेशको एक सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका थिए । बिहान सर्वदलीय बैठक बसे पनि सहमति हुन नसकेपछि गणना रोकिएको थियो ।
आयोगले गणना गर्नुपूर्व भएको सहमतिलाई आधार मानेर गणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । ६३ हजार ८० मत गणना भइसकेको छ । हालसम्मको गणनामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नारायण खड्काले अग्रता लिइरहेका छन् । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका गर्दै अग्रता लिइरहँदा एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेकी छन् । यो क्षेत्रमा ७६ हजार ७५६ मत खसेको थियो ।
