२६ असार २०८३, शुक्रबार

निर्वाचन आयोगको निर्देशनपछि उदयपुर–१ मतगणना पुनः शुरु

मंसिर १३, २०७९
निर्वाचन आयोगको निर्देशनपछि उदयपुर–१ मतगणना पुनः शुरु

उदयपुर–१ को मतगणना पुनः शुरु भएको छ । सो क्षेत्रको मतगणना तीन दिनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार मंगलवार बिहानबाट पुनः गणना शुरु गरिएको हो ।

गत शनिवार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र संघको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङक अनुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो ।

नेकपा (एमाले)सहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्