
चर्चित गायक राजेशपायल राईले पहिलोपटक आफ्नो छोराको तस्वीर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा सायरेमको तस्वीर शुभचिन्तक एवं फ्यानहरूसामु सार्वजनिक गरेका हुन् ।
गायक राई गत असोजमा बाबु बनेका थिए । उनले दाइको छोरी राईशासँग छोरा सायरेमको तस्वीर पोस्ट गर्दै लेखेका छन्,‘फस्ट राइस फिडिङ पास्नी, दिदी राईशासँग सायरेम ।’
गायक राई गत असोजमा बाबु बनेको खबर शुभचिन्तक एवं फ्यानहरुसामु ‘सरप्राइज’का रूपमा सार्वजनिक भएको थियो । उनी केही समययता आधा उमेरले कान्छी प्रेमिका सङबुङ राईसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । राजेशपायल र सङबुङबीचको विवाहकोे तस्वीरहरू भने अहिलेसम्म सार्वजनिक भएका छैनन् ।