माघ १५, २०७९
नेपाल प्रहरीमा सरुवासम्बन्धी नयाँ कार्यविधि लागु हुने भएको छ। नयाँ कार्यविधिअनुसार इन्चार्ज जाने प्रहरी अधिकृतले एउटा दर्जामा २ पटक भन्दा धेरै नपाउने व्यवस्था गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोत...
काठमाडाैं | मंसिर १९, २०७९
मानिसले प्रकृतिको नियमविरुद्ध गए के हुन्छ ? पक्कै पनि त्यसले समस्या निम्त्याउँछ वा जीवन नै समाप्त हुन्छ । बारामा यस्तै एउटा घटना भएको छ । एक जना १३ वर्षीय बालकले आफूसँग अप्राकृतिक मैथुन गरेका युवकको हत्या गरेका छन् ।
बारा कोहल्बी नगरपालिका–११ रामकुरुवाका ४० वर्षीय परीक्षण चौधरीले छिमेकी बालकसँग अप्राकृतिक सम्बन्ध स्थापित गरेका थिए । ती बालकले चौधरीको मंसिर १३ गते राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए ।
‘उनीहरूबीच अप्राकृतिक सम्बन्ध भएपछि हत्या गरेको देखिएको छ’, एसपी बोगटीले लोकान्तरसँग भने ।
यसरी भएको थियो घटना
उनीहरू दुवै जनाले मंसिर १३ गते राति गाउँकै रामपुकार चौधरीको खाजा, नास्ता पसलमा रक्सी सेवन गरेका थिए । रक्सी सेवा गरिसकेपछि त्यहाँबाट घर हिँडेका परीक्षणले बालकलाई मलद्वारमा २ पटक सम्बन्ध राखे । आफूलाई अप्राकृति सम्बन्ध राखेपछि पीडा महसुस गरेका बालकले प्रतिकार गरे । आफूले प्रतिकार गर्दा परीक्षणको मृत्यु भएको बालकले प्रहरीलाई बयान दिएका छन् ।
‘मलाई २ पटक गर्यो असाध्यै पीडा भएपछि मैले उसलाई हिर्काएँ, उ बेहोस भएपछि मैले मर्यो भन्ने ठानेर फेरि चिपर्ट दाउराले हानेको हुँ’, भन्ने बयान दिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरलाई भने ।
एसपी बोगटीका अनुसार बालकले हत्या गरेर परीक्षणको शव पानीको चापाकल बनाउन खनेको खाल्डोमा पुरेर घर फर्किएका थिए । १४ गते बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले बालकको संलग्नता देखिएपछि नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका बालकले हत्याको कारण अप्राकृतिक सम्बन्ध रहेको प्रहरीलाई बताएका हुन् ।
प्रहरीले घटनास्थलबाट सिसौंको दाउरा, कोदालो, रगत लागेको पहेलो रङ्गको बोरा, चप्पल, रगत लागेको ज्याकेट, हाफ पाइन्टलगायतका सामान बरामद गरेको जनाएको छ ।
नेपाल प्रहरीमा सरुवासम्बन्धी नयाँ कार्यविधि लागु हुने भएको छ। नयाँ कार्यविधिअनुसार इन्चार्ज जाने प्रहरी अधिकृतले एउटा दर्जामा २ पटक भन्दा धेरै नपाउने व्यवस्था गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोत...
ईसेवाको कर्मचारी भएको भन्दै १६ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले ३३ जना व्यक्तिको मोबाइल वालेट ईसेवामार्फत अनधिकृत पहुँच पुर्याएर बैंक खाताक...
धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय...
धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलनगरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो...
भारी मात्रामा अवैध मदिरासहित प्रहरीले ३ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। नक्कली रक्सी बनाउने गरेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो ललितपुरको महालक्ष्मीस्थानबाट प...
आफ्नै बुवा भोटखोला गाउँपालिका –५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा प्रेमकुमारले लाठी प्रहार गरी...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...