माघ २, २०७९
नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले बाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् । नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो । काफ्ले प्रदेशसभाम...
कर्णालीमा विपद् व्यवस्थापनको कार्यमा सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा प्रतिकार्यमा समस्या भएको सरोकारवालाहरूले बताएका छन् । विपद् व्यस्थापनका लागि आवश्यक नीति तथा योजनाहरू निर्माण भएता पनि समन्वयको अभावमा कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ ।
महिला कानून विकास मञ्चको आयोजना तथा युएनडिपी, युएनवुमनलगायतका विकास साझेदारहरूको सहयोगमा आज वीरेन्द्रनगरमा आयोजना गरिएको ‘विपद्मा लैङ्गिक सवाल’ विषयक कार्यक्रमका सहभागीहरूले यस्तो औँल्याएका छन् ।
कर्णालीको भौगोलिक कठिनाइ तथा यस्ता जोखिमयुक्त स्थानमा विपद्को सामना कसरी गर्ने भन्ने विषयमा पूर्वतयारीको अभावमा उद्धारमा समस्या भएको उनीहरूको भनाइ छ । गएको असोज महिनालगायत वर्षाका कारण पहिरो गएको समयमा हेलिकप्टर नपुग्दा सुत्केरीको ज्यान गएको थियो ।
आन्तरिक मामिला तथा योजना मन्त्रालयका विपद् फोकल पर्सन कृष्ण रोकायले जोखिमयुक्त बस्तीमा सम्भावित विपद्को सामना गर्ने पूर्वतयारीको अभाव रहेको औँल्याए । उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच आवश्यक समन्वय नहुँदा पनि काम गर्न समस्या देखिएको बताए । त्यसैगरी उद्धार राहत सामग्री भण्डारणको व्यवस्था विकेन्द्रित हुनुपर्ने रोकायको भनाइ छ । प्रदेश सरकारले २०७१ सालमा आएको बाढीका कारण विस्थापित एक हजार ४५ परिवारलाई राहत रकम प्रदान गरेको उनले जानकारी दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अनिता निरौलाले विपद् व्यवस्थापनको काम गर्दा लैङ्गिकमैत्री भएर जान आवश्यक रहेको बताइन् । उनले महिला बालबालिकासँगै अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष जोड दिनुपर्ने बताइन् ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदम लामिछानेले कमजोर वर्गहरू नै बढी विपद्को सामना गर्नुपर्ने भएकाले संवेदनशील भएर लाग्नुपर्ने बताए । विपद्मा सही सूचना नआउँदा प्रतिकार्यमा समस्या भएको भन्दै सरोकारवाला निकायहरू समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको औँल्याए । विपद्को प्रतिकार्य गर्दा स्वास्थ्य, मनोसामाजिक परामर्श, कानूनी विषयसँगै न्यायको पाटोमा संवेदनशील दिएमा लैङ्गिक हिंसालाई न्यूनीकरण गर्न सकिने लामिछानेले बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले विपद् व्यवस्थापन गर्दा लैङ्गिक संवेदनशीलतालाई ध्यान दिन जरुरी रहेको औँल्याए । उनले नगरपालिकाले विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि लैङ्गिकमैत्री दृष्टिकोणबाट नीतिहरू निर्माण गरिएको बताए ।
युएनडिपीका डिल्ली उपाध्यायले विपद् व्यवस्थापनका लागि सहरी विपद् उत्थानशीललगायतका अन्य परियोजनाहरू सञ्चालन गरिएको बताए । उक्त परियोजनामार्फत विपद्का व्यवस्थापनसँगै प्रतिकार्यका कामहरु अघि बढाइएको जानकारी दिए । रासस
नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले बाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् । नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो । काफ्ले प्रदेशसभाम...
जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको बैठक बुधबार पनि बस्दैछ । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउ...
हलेसी तुवाचुङ नगरपालिकाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको महत्व बुझाउन स्थानीय २५ जना युवालाई पर्यटक गाइड तालिम दिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्...
भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा सोमबार जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ । त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनल...
नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन्। बिहीबार प्रतिनिधि सभाबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाक...
नेपाल टी–द्धान्टी लिग क्रिकेटमा स्पट फिक्सिङमा ५ जना खेलाडी र ५ जना अफिसियल संलग्न देखिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गरेको अनुसन्धानबाट १० जना संलग्न देखिएको हो । प्रहरीले स्पट फि...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...