२७ जेठ २०८३, बुधबार

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो

मंसिर २२, २०७९
प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो

बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा बिहीवार दर्शनार्थीको घुइँचो लागेको छ । 

मन्दिरमा जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी दिए ।

हरेक वर्षको मंसिर शुक्ल पूर्णिमाका दिन मन्दिरमा जमानी जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । 

जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रहिआएको छ । भगवतीको भण्डार प्रदर्शन हुने भएकाले टाढा–टाढाबाट समेत भक्तजन दर्शनका लागि आउने गरेको बताइएको छ । हरेक वर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको विशेष पूजाआजा हुने गरेको छ ।

जात्रामा भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थी समेत आउने गरेका छन् । जात्रामा निङ्गलाशैनी भगवतीको उत्पत्तिसँग जोडिएको ठाडो खेल र देउडा समेत खेल्ने गरिएको छ । अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भए पनि यो जात्रामा कुनै प्रकारको बलि हुँदैन ।

जात्राअवधिभर देहिमाडौं क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुदर्शी, असोजको नवरात्र र धान्य पूर्णिमका दिन विशेष पूजाआजासहित जात्रा लाग्ने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्