×

NMB BANK
NIC ASIA

कर्णालीमा एमालेका विनोद शाह ज्येष्ठ र तुल्सा मल्ल कान्छो सदस्य

नयाँ सांसदलाई शाहले शपथ खुवाउने

मंसिर २६, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेश सभाका नवनिर्वाचित सदस्यलाई नेकपा एमालेका विनोदकुमार शाहले शपथ खुवाउने भएका छन् ।

Muktinath Bank

कर्णालीको ४० सदस्यीय प्रदेश सभामा दैलेख २(२) बाट निर्वाचित ६६ वर्षीय उनी सबैभन्दा ज्येष्ठ सदस्य हुन् । सभामुख, उपसभामुख निर्वाचित नहुञ्जेल ज्येष्ठ सदस्यका रूपमा शाहले नै प्रदेशसभा बैठकको सञ्चालन गर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५१ सालमा दैलेख–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी हाल एमालेको कर्णाली प्रदेश कमिटी अध्यक्ष छन् ।


Advertisment
Nabil box
Kumari

ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ खुवाउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले प्रदेशसभा सदस्यलाई शपथ खुवाउनेछन् । निर्वाचन परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले बैठक बोलाउनुपर्ने कानूनी व्यवस्था छ ।

Vianet communication

निर्वाचन आयोगले निर्वाचन परिणाम सार्वजनिक गर्दै प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि निर्वाचन परिणाम सार्वजनिक भएको मानिन्छ । 

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले आयोगले पठाएको नयाँ सांसदहरूको विवरणका आधारमा सचिवालयले प्रदेश प्रमुखको कार्यालय र दलका मुख्य नेताहरूसँग समन्वय गरेर ज्येष्ठ सदस्यको शपथको बन्दोबस्त मिलाउने बताए ।

कर्णाली प्रदेशसभा नियमावलीअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख, उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । त्यतिबेलासम्म ज्येष्ठ सदस्यले नै सभामुखको रूपमा सभा सञ्चालन गर्नेछन् । प्रदेशसभा सदस्यमध्ये रुकुम पश्चिमकी तुल्सा मल्ल सबैभन्दा कान्छो सदस्य रहेकी छन् । उनी ३४ वर्षकी भइन् । उनलाई एमालेले महिला खसआर्य क्षेत्रबाट समानुपातिकतर्फ सिफारिस गरेको थियो ।

पूर्व पत्रकार मल्ल एमालेको जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x