०३ साउन २०८३, आइतबार

बाल गायिका कमला घिमिरेले गाएको लाइभ दोहोरीलाई लिएर टिकाटिप्पणी

मंसिर २७, २०७९
बाल गायिका कमला घिमिरेले गाएको लाइभ दोहोरीलाई लिएर टिकाटिप्पणी

दोहोरी गाएर सानो उमेरमै चर्चामा आएकी बाल गायिका हुन् कमला घिमिरे । दोहोरी फर्काउन माहिर धादिङकी घिमिरेले गाएका व्यावसायिक गीतहरू समेत युट्युबमा निकै चर्चित छन् ।

उनै बाल गायिका घिमिरे यतिबेला एउटा लाइभ दोहोरीका कारण चर्चामा छिन् । 

तीन दिनअघि ‘छहारी’नामक युट्युब च्यानलमा कमलाको लाइभ दोहोरी सार्वजनिक भएको छ । उक्त लाइभ दोहोरीको सानो क्लीपहरु टिकटकमा भाइरल भइरहेका छन् ।

फेसबुकमा उक्त लाइभ दोहोरीलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।  उक्त लाइभ दोहोरी मायाप्रेमको विषयमा केन्द्रित छ । युट्युबमा स्रोता दर्शकहरुले कमलाको शब्द चयन र स्वरको खुलेर प्रशंसा गरेका छन् ।

यद्यपी, लोकदोहोरी क्षेत्रका कलाकारहरूले भने सानो उमेरमै त्यो खालको दोहोरी गाउनुलाई आश्चर्यका रुपमा लिएका छन् । अरू कसैले सिकाएर उनले उक्त दोहोरी गाएको आशंका कतिपयको छ । डलरको लोभमा लाइभ दोहोरीमा कलिलो उमेरका बालकलाकारहरूको प्रयोग बढेको भन्दै कतिपयले चिन्ता समेत व्यक्त गरेका छन् ।

लोकगायक राजु ढकालले उक्त लाइभ दोहोरीको प्रसंङ्गलाई लिएर फेसबुकमा स्टाटस् लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्धानले सिकाइदिएको होला कि आफै भनेकी होलिन् भनेर सोँच्दा सोँच्दै निन्द्रै लागेन् ।’

गायिका एवं स्टुडियो संचालक समेत रहेकी जमुना सनमले उक्त लाइभ दोहोरी सुनेर लाज लागेको फेसबुकमा उल्लेख गरेकी छिन् । प्रत्यक्ष दोहोरी कलाकार संघका अध्यक्ष रहेका लोकगायक रविन लामिछाने फेसबुकमा लेख्छन्, ‘दोहोरी मजाक होइन्, हाम्रो संस्कृति हो ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले किटान गरेर त स्टाटस् लेखेका छैनन्, यद्यपी लाइभ दोहोरीबारे टिकाटिप्पणी भइरहेको अवस्थामा आएको उनको स्टाटसले विशेष अर्थ राख्छ । बिजीले लेखेका छन्, ‘अमर श्रष्टा कल्याण शेरचन दाइ भन्नुहुन्थ्यो – संगीत भनेको संगत हो । संगत भएन भने पनि संगीत वितरा पर्न सक्छ ।’ 

केही समययता लाइभ दोहोरीमा निकै विकृति देखिएको स्रोता/दर्शकहरूले गुनासो गर्दै आएका छन् । डलरको लोभमा लाइभ दोहोरीमा साना साना बालबालिकाहरूको प्रयोग बढेको दोहोरीसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीहरू  नै गुनासो गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्