०३ साउन २०८३, आइतबार

टीसीएलले नेपालमा ल्यायो ‘गुगल टिभी’

मंसिर २९, २०७९
टीसीएलले नेपालमा ल्यायो ‘गुगल टिभी’

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । गुगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्धत गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगइकन होम स्क्रीनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन् ।

गुगल टिभीको प्रारम्भिक सेटअपपछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन् । होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरू हुन्छन्, जुन प्राथमिकताहरूको आधारमा देखाइन्छ । टीसीएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरूभन्दा एक कदम अगाडि छ किनभने यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरू छन् जसले गर्दा प्रयोगकर्ताहरूले टिभी  चलाउँदा ज्यादै नै सहज र सजिलो महसुस गर्दछन् । यो बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र ब्युल्ट ईन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ । गुगल टिभीले नयाँ संस्करणहरूलाई पनि अटोमेटीकल्ली अपडेट गर्दछ ।

हालै टिसिएलले पी७३५ फोरके एचडीआर गुगल टिभी विथ क्यामेरा (७५ इन्च), सी७३५ क्यूएलईडी फोरके गुगल टिभी विथ क्यामेरा (६५ र ५५ ईन्च) र पी६३५ फोरके एचडीआर गुगल टिभी (६५, ५५, ५० र ४३ इन्च) गरी कुल ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको छ । 

नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ईओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे–राधे, रविभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्