०६ साउन २०८३, बुधबार

नारायणगढ–मुग्लिन सडकमा राति १० बजेदेखि सवारी आवागमनमा रोक

साउन ३, २०८३
काठमाडौं
नारायणगढ–मुग्लिन सडकमा राति १० बजेदेखि सवारी आवागमनमा रोक

नारायणगढ–मुग्लिन सडकखण्डमा राति सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आज राति १० बजेदेखि अर्को सूचना जारी नहुँदासम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको जानकारी दिएको हो ।​

'धादिङलगायतका छिमेकी जिल्लाहरू तथा यस जिल्लाका विभिन्न स्थानहरूमा समेत पानी पर्न थालेको र पानी पर्ने क्रम अझै बढ्ने पूर्वानुमान रहेको छ । रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरी आज मिति २०८३।०४।०३ गते राति १०  बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ– मुग्लिङ– काठमाडौं सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको ब्यहोरा सबैमा जानकारी गराइन्छ,' प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा भनिएको छ ।​

null

यसैगरी, जिल्ला प्रशासन कार्यालय धादिङले पनि सूचना जारी गर्दै आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म आवतजावतमा पूर्णरूपमा बन्द गरिएको जानकारी गराएको छ ।

'विभिन्न भागमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेको र भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोध हुन सक्ने उच्च जोखिम रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौंबाट चितवन, गोरखा, धादिङ, नुवाकोटलगायतका जिल्लाहरूमा रातिको समयमा सवारी आवागमनमा उच्च जोखिम रहेको भनी जानकारी समेत गराएको छ । सम्भावित जोखिमको मध्यनजर गरी आम सर्वसाधारणको जिउ ज्यानको सुरक्षार्थ यस जिल्लामा चल्ने तथा यस जिल्ला भएर चल्ने अत्यावश्यक सेवा जस्तै: एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन आदि बाहेकका अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनहरूलाई मिति २०८३ साउन ३ गते राती १० बजेदेखि ऐ. ४ गते बिहान ५ बजेसम्म आवतजावतमा पूर्णरूपमा बन्द गरिएको ब्यहोरा जानकारी गराइन्छ,' प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमद्वारा जारी सूचनामा भनिएको छ ।

null

कमेन्ट गर्नुहोस्