२२ जेठ २०८३, शुक्रबार

रूपन्देहीबाट प्रतिनिधि र प्रदेश सभा गरी २४ सांसदको प्रतिनिधित्व

रूपन्देहीबाट प्रतिनिधि र प्रदेश सभा गरी २४ सांसदको प्रतिनिधित्व

रूपन्देहीले प्रतिनिधि सभा र प्रदेश सभामा गरी २४ जना सांसद पाएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै सांसद रूपन्देहीबाट भएका छन् । 

समानुपातिकतर्फ पनि रुपन्देहीले सबैभन्दा धेरै ९ सांसद पाएको छ । प्रत्यक्ष र समानुपातिक गरी रूपन्देहीबाट २४ सांसद संघीय र प्रदेश संसदमा पुगेका हुन् । प्रतिनिधि सभातर्फ ५ र प्रदेश सभामा १० निर्वाचन क्षेत्र रहेको रूपन्देहीबाट ९ जना समानुपातिक सांसद चुनिएका छन् । 

प्रतिनिधि सभामा एक जना र अन्य प्रदेश सभाका हुन् । प्रतिनिधि सभामा कांग्रेसबाट मनोरमा शेरचन समानुपातिक सांसद भएकी छन् । उनी कांग्रेसमा रुपन्देहीबाट एक्ली हुन् । 

लुम्बिनीमा रूपन्देहीपछि धेरै बाँकेबाट १८ जना सांसद चुनिएका छन् । समानुपातिकतर्फ बाँकेले प्रतिनिधि सभामा २ र प्रदेशसभामा ७ सांसद पाएको छ । दाङ र बर्दियाबाट समान १५÷१५ जना सांसदको प्रतिनिधित्व भएको छ । प्रतिनिधि सभातर्फ रुकुपूर्व, गुल्मी, प्यूठानबाट समानुपातिकमा कोही चुनिएका छैनन् । 

पश्चिम नवलपरासीबाट प्रदेश सभामा समानुतिकमा सांसद परेनन् । प्रतिनिधि सभामा समानुपातितर्फ सबैभन्दा बढी सांसद बर्दियाले ५ जना पाएको छ । प्रतिनिधि सभातर्फ सबैभन्दा धेरै सांसद भने बर्दियाबाट रहेका छन् । बर्दियाबाट प्रतिनिधि सभामा ७ जना, रुपन्देहीबाट ६ जना चुनिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्