गायक कञ्चन देवकोटाले ‘तिमी टाढा हुँदै गयौ’ बोलको गीत भिडियोसहित सार्वजनिक गरेका छन् ।
नेपमेलो म्युजिकको प्रस्तुति रहेको गीतमा स्वरसँगै संगीत पनि कञ्चनकै छ ।
गीतका शब्दहरु भने राजेन्द्र धितालले लेखेका हुन् ।
गायक कञ्चनले आफ्ना बुवा स्वर्गीय कृष्ण प्रसाद देवकोटामा समर्पण गर्दै यस गीत सार्वजनिक गरेका हुन् ।
सुमित लामाको निर्देशनमा तयार भिडियोमा सागर विश्वकर्मा, अञ्जु न्यौपाने र हरि मोक्तानको अभिनय छ ।
लक्ष्मण घिमिरेको छायाँकन रहेको भिडियो नविन निरौलाको सम्पादनपश्चात ‘नेपमेलो’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।