२१ असार २०८३, आइतबार

जाडो मौसममा गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प

जाडो मौसममा गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प

नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

जाडो मौसममा सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले यसमा ध्यान पु¥याउन जरुरी हुन्छ । सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उनीहरूको गाडीलाई राम्रो अवस्थामा राखिराख्न क्याम्प सञ्चालन हुनलागेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस  भौचर पनि जित्न सक्ने जनाइएको छ । 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उनीहरूले ५० प्रतिशत छुट  पाउनेछन् । त्यस्तै इन्जिन कुलिङ, एसी÷ हिटर सम्बन्धी पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनेछन् । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र  इन्जिन आयलमा ५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । 

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरिका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

salt training

कमेन्ट गर्नुहोस्