×

NMB BANK
NIC ASIA

प्रेमराजा महत भन्छन् – ‘बन्दिपुरैमा २’ले विस्तारै माया पाउँदैछ

पुस २०, २०७९

NTC
Premier Steels

लोक गीतका हस्ती प्रेमराजा महतले गत वर्ष सार्वजनिक गरेको लोकगीत ‘बन्दिपुरैमा’लाई स्रोता एवं दर्शकले निकै रुचाए । 

Muktinath Bank

गायिका शान्तिश्री परियारसँग मिलेर गाएको उक्त गीतले युट्युबमा निकै राम्रो भ्युज पायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महत स्वयंम अभिनित गीतको युट्युब भ्युज अहिले १ करोड ५७ लाख पुगिसकेको छ ।


Advertisment
Nabil box
Kumari

‘बन्दिपुरैमा’ हिट भएसँगै गायक महतले यतिबेला भने ‘बन्दिपुरैमा –२’ सार्वजनिक गरिसकेका छन् । 

Vianet communication

अंग्रेजी नयाँ वर्षको अवसर पारेर उनले केही दिनअघि ‘बन्दिपुरैमा –२ : ढुंगेधारैको’ बोलको गीत ल्याएका हुन् । आफ्नै शब्द एवं संगीत रहेको यस गीतमा पनि महतले ‘बन्दिपुरैमा’कै गायिका शान्तिश्री परियारसँग स्वर दिएका छन् ।

रामजी लामछानेको कोरियोग्राफी एवं अग्रज लोकगायक नारायण रायमाझीको निर्देशन रहेको भिडियोमा प्रेमराजा स्वयंमले अभिनय गरेका छन् । 

उनलाई मोडल रीना थापाले अभिनयमा साथ दिएकी छिन् । ‘बन्दिपुरैमा’मा भने प्रेमराजा रञ्जिता गुरुङसँग प्रस्तुत थिए । बुधबार दिउँसोसम्म भिडियोले युट्युबमा ३ लाख ८० हजार भ्युज पाएको छ । गीत युट्युबमा संगीततर्फ ट्रेन्डिङ नम्बर ८ मा छ । 

सर्जक एवं गायक महतले स्रोता दर्शकहरुले गीतलाई रुचाएको बताएका छन् । ‘बन्दिपुरैमा’ गीत पनि सार्वजनिक भएको सुरुवाती दिनमा खास्सै चर्चामा नरहेको स्मरण गर्दै महतले लोकान्तरसँग भने, ‘उक्त गीतको भ्युज पनि सुरुवाती दिनमा खास्सै थिएन् । विस्तारै स्रोता/दर्शकहरुको मनमा बसेसँगै भ्युज पनि बढ्दै गएको थियो ।’ 

‘ढुंगेधारैको’ गीत पनि थुप्रै स्रोता/दर्शकसामु पुग्न बाँकी रहेको महतले बताए । 

‘यो गीत पनि विस्तारै उत्तिकै लोकप्रिय हुनेछ’ महतले विश्वास व्यक्त गरे ।

गीतलाई स्रोता दर्शकहरुले ‘मौलिक’ भनेर प्रतिक्रिया दिएका छन् । 

दुई दशकभन्दा लामो समयदेखि अमेरिका बस्दै आएका महतले नेपाल आगमनको क्रममा नयाँ–नयाँ गीत ल्याउँदै आएका छन् । ‘सिमसिमे पानीमा’, ‘पानको पात’, ‘बाँझो खेतमा’ जस्ता उनका थुप्रै गीत आजपनि उत्तिकै हिट छन् ।

गत महिना नेपाल आएका महत यतिबेला काठमाडौंको बुढानिलकण्ठमा आफ्नो घर निर्माणको काममा व्यस्त बनेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x